उदयपुरका ६ जनाले जिते काे’राेना, विराटनगरको को’रोना विशेष उपचार केन्द्रबाट डिस्चार्ज

तारा आचार्य, विराटनगर । बैशाख ५ र ६ गते उदयपुर जिल्लाको त्रीयुगा नगरपालिका वडा नं. ३ भुल्केबाट आएका १३ जना संक्रमितहरु मध्ये ६ जनाको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ । उनीहरु सबै विराटनगर स्थित कोरो ना विशेष उपचार केन्द्रमा उपचार गराईरहेका थिए । उनीहरु भुल्केबाट ल्याइएका २८ जना मध्येका ६ जना हुन् ।

तीन पटकको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उपचार केन्द्रबाट डिस्चार्ज गरिएको प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिनुभयो । बुधवार डिस्चार्ज भएका उनीहरुलाई विराटनगर स्थित रानीको मदर्शामा स्थापना गरिएको क्वारे न्टाइनमा लगिएको छ । उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखिने र त्यस पछि स्वास्थ्य परीक्षण गरेर मात्र घर जानदिने बताइएको छ ।

उनीहरु सबै भारतीय नागरिक भएकाले सरकारसंग समन्वय गरेर भारत पठाइने मन्त्री घिमिरेले जानकारी दिनु भयो । विराटनगरमा उपचार गराइरहेका ३१ जना मध्ये २८ जना भुल्केका बाट आएका हुन भने २ जना झापाबाट र एक जना भोजपुरबार आएका हुन । उनीहरु सबैको मंगलबार बिहान पुनः स्वाव टेष्ट गरिएको थियो । जसमध्ये ६ जनाको पोजिटिभ आएको र उनीहरुलाई सो उपचार केन्द्रमा राख्नु नपर्ने भएकाले डिस्चार्ज गरिएको कोशी अस्पतालका निमित्त मेसु डा.संगीता मिश्राले जानकारी दिनुभयो ।

उनीहरुको अवस्था सामान्य रहेको र आज सम्म कोरोना सम्बन्धी कुनै पनि लक्षण नदेखिएको र सहज रुपमा उपचार गराएर संक्रमितलाई निको पारेर डिस्चार्ज गरिएको र बाकी विरामीहरुको पनि सहज रुपमा उपचार गरीने मेसु डा. संगीता मिश्राले जानकारी दिनु भयो । न्युज २४ नेपालबाट

प्रतिक्रिया दिनुहोस्