भोलि सार्वजनिक विदा

काठमाडौं, २४ बैशाख : सरकारले बुद्ध जयन्तिको अवसरमा बिहीबार सार्वजनिक विदा दिएको छ। २०७६ चैत ९को मन्त्रिपरिषद बैठकले गरेको निर्णय र चैत १७ को नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार वैशाख पूर्णिमा/ चण्डी पूर्णिमा र बुद्ध जयन्तिका दिन बिहीबार सार्वजनिक विदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयका शाखा अधिकृत सन्तोष सुवेदीले बुधबार सूचना निकालेर बिहीबार मुलुकभर सबैलाई लागू हुने गरी बिदा रहेको जानकारी गराएका छन्।

यस्तै,सरकारले अन्तर्राष्ट्रिय उडान र सीमानाका जेड १८ गतेसम्म बन्दगर्ने निर्णय गरेको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेका मन्त्रिपरिषद्को बैठकले अन्तर्राष्ट्रिय रुपमै को;रोनाको महामारी बढीरहेको भन्दै बाह्य क्षेत्रबाट हुने खत रा रोक्न लागि अन्तर्राष्ट्रिय उडान र सीमानाका बन्द गर्ने निर्णय गरेको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले अन्तर्राष्ट्रिय उडान र सीमानाका जेठ १८ गतेसम्मका लागि बन्द गर्ने निर्णय भएको जानकारी दिए।‘अन्तर्राष्ट्रिय उडान र सीमानाका जेठ १८ गतेसम्मका लागि बन्द गर्ने निर्णय भएको छ’, कुरा गर्दै मन्त्री भट्टराईले भने। यसअघि अन्तर्राष्ट्रिय उडानमा जेठ २ सम्मका लागि प्रतिबन्ध लगाइएको थियो।

प्रतिक्रिया दिनुहोस्