‘विदेशका नेपालीलाई फर्काउन ३ दिनभित्र पहल थाल्छु’

काठमाडौं : नेपाली कांग्रेसका नेता, पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौलाले को;रोना भाइरसका कारण विदेशमा रोकिएका नेपाली हरुलाई स्वदेश फर्काउन तीनदिन भित्र पहल थाल्ने प्रतिवद्धता जनाएका छन् । नेता सिटौलाले विभिन्न प्रायोजनमा विदेशिएका नेपालीहरुलाई स्वदेश फर्काउन प्रधानमन्त्रीलाई नै भेटेर सार्थक पहल थाल्ने प्रतिवद्धता जनाएका हुन् ।

उनले भने, ‘भारत, अमेरिका, अष्ट्रेलिया लगायत धेरै मुलुकमा भाइरसको सं’क्रमणका कारण रोकिएका तथा स्वदेश फर्किने चाहना भएका नेपाली नागरिक हरुका बारेमा जानकार छु, त्यस्ता समस्या समाधान गर्न यथासक्य म पहल गर्छु ।’ नेपाली समय अनुसार मंगलबार साँझ विश्वभरका कांग्रेस नेताहरुलाई भिडियो बैठकबाट सम्बोधन गर्दै नेता सिटौलाले महामारीका बेला सरकार जनताका समस्या समाधान गरी राष्ट्रलाई निकास दिने गरी लाग्नुपर्नेमा सत्ताको खेलमा लागेको भन्दै कटाक्षसमेत गरेका छन् ।

विश्वभरका जनसम्पर्क समितिका नेताहरु सहभागी बैठकमा नेता सिटौलाले विधानलाई टेकेर हिँड्न सुझाव दिँदै विधान मान्न र गुटउपगुटका नेता नमान्न भनेका छन् । उनले भने, ‘हामी कांग्रेस हौं, विधानभन्दा बाहिर हामी जानु हुँदैन, अरु समुहका नेता मान्नु जरु री छैन।’ सहभागी कांग्रेस नेताहरुलाई आश्वास्त पार्दै नेता सिटौलाले आगामी महाधिवेशनबाट नेतृत्व फेरिने र कांग्रेसले नयाँ जीवन पाउने बताए ।

जनसम्पर्क समिति, एनआरएन पदाधिकारी लगायत विदेशमा रहेका कांग्रेस नेताहरु सहभागी भिडियो बैठकलाई सम्बोधन गर्दै अर्का नेता पूर्व सहमहामन्त्री रामशरण महतले प्राकृतिक रुपमा सम्पन्न मुलुकलाई अब उत्पादनशील बनाउनुपर्ने भन्दै सबै युवाहरुलाई देशमै काम गर्ने वातावरण बनाउनका लागि आफू र आफ्नो पार्टी नेपाली कांग्रेस योजनाबद्ध रुपमा लागिरहेको जनाएका छन् । अन्नपुर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्