नेकपा सचिवालय बैठक सकियो

काठमाडौं, वैशाख २४ गते । नेपाल कम्युनिष्ट पार्टीको (नेकपा)को सचिवालय बैठक सकिएको छ। बैठकबारे जानकारी दिदै प्रवक्ता नरायणकाजी श्रेष्ठले बैशाख २० गतेको सचिवालयको बैठकले तय गरे अनुसारको स्थायी समितिको बैठकका लागि प्रस्ताव तयार गर्न दुई अध्यक्षबीच गृहकार्य बाँकी रहेको जनकारी बैठकमा गराइएको बताउनुभयो ।

साथै दुबै अध्यक्षले आपसी सल्लाह गरेर बैठकको कार्यसूची बारे निर्णय गर्ने बताउनु भयो । सचिवालय बैठकले स्थायी समिति बैठकमा छलफल हुने विषयको टुंगो लगाउन नसकेपछि प्रधानमन्त्री एवम् अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बैठक लगत्तै छलफल सुरु भएको छ। ‘वैशाख २० गतेको सचिवालय बैठकको निष्कर्ष अनुरुप भोलि (वैशाख २५ गते) स्थायी समिति बैठक बस्ने निर्णय भएको हो।

त्यही अनुरुपको कार्यसूची र प्रस्ताव तयार गर्ने प्रक्रियाका सन्दर्भमा दुई अध्यक्ष कमरेडले अझै पनि गृहकार्य गर्न बाँकी रहेको जानकारी बैठकलाई गराइयो’ प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि पत्रकारलाई भने, ‘त्यस बारेमा अहिले पनि दुईजना अध्यक्ष कमरेड ले सल्लाह गरेर बैठकको कार्यसूची वा बैठकको बारेमा नै के गर्ने भन्ने निर्णय गर्नुहुने भएको छ।’

प्रतिक्रिया दिनुहोस्