दुई महिनाको शिशु सहित थप १७ जनामा को’रोना पुष्टि, कुल संक्रमितको संख्या ९९

काठमाडौं, वैशाख २४ गते । पछिल्लो समय थप १७ जनामा को;रोना संक्र’मण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या ९९ पुगेको छ । थप १७ संक्रमित पर्साका भएको बताइएको छ । उनीह रुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार संक्रमितकहरु वीरगञ्जका हुन् ।

संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् । प्रवक्ता देवकोटाका अनुसार अहिले सम्म पीसीआर विधिबाट १४ हजार ९६ नमुना परीक्षण भएका छन् भने आरडीटी विधिबाट ५२ हजार ९ सय ७० जनामा को;रोना परीक्षण भएको छ । प्रवक्ता देव कोटाका अनुसार पछिल्लो २४ घण्टामा ९ सय ९१ नमुना परीक्षण भएका छन् ।

अहिलेसम्म क्वारेन्टाइन १९ हजार सात सय ३४ जनाको उपचार भइराखेको छ । नेपालमा को;रोनाको उपचारपछि घर फर्किएका तीनजनाको रिपोर्ट फेरि पोजिटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार काठमाडौंमा उपचार गराएका एक र वीरगञ्जमा उपचार गराएका दुई जनाको स्वाब परीक्षणको रिपोर्ट फेरि पोजिटिभ देखिएको हो । देवकोटाका अनुसार उनीहरुलाई पुनःअस्पताल भर्ना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्