भारतबाट फर्केका ३ सय ५० नेपाली सीमा क्षेत्रमा अलपत्र

कपिलवस्तु : को;रोना भाइरसको सङ्क्रमण फै’लिएसँगै भारतका विभिन्न सहरबाट घर फर्किरहेका ३ सय ५० नेपाली यस जिल्लाका विभिन्न सीमा नाकामा अ’लपत्र परेका छन् । जिल्लाका चाकरचौडा, गौरा, रङपुर, कृष्णनगर र मर्यादपुर लगायतका सीमा नाकामा उनीहरु अलपत्र परेका हुन् ।

भारतका विभिन्न सहरमा मजदुरी गर्दै आएका ती नेपालीलाई भारतीय सुरक्षाकर्मीले नेपाल फर्कन दबाब दिन थालेपछि उनीहरु हप्तौँ दिन लगाएर पैदल यात्रा गरी सीमा क्षेत्रसम्म आइपुगेका छन् । भारतमा जारी लकडाउनले खाने पैसा नभएपछि मुम्बईबाट आफूहरु गाउँ फर्किन बाध्य भएको दशगजामा अलपत्र परेका कपिलवस्तु नगरपालिका वडा नम्बर ४ लौसाका रामनाथ यादवले बताउनुभयो ।

रामनाथजस्तै सीमा क्षेत्रमा रहेका सबैको अवस्था उस्तै छ । सोमवार राति सीमा क्षेत्रसम्म आएका उनीहरु दशगजा क्षेत्रमा भोक भाकै छन्। खुला आकाशमा सीमा क्षेत्रमा रात बिताएका उनीहरुलाई सर्प तथा अन्य विषालु किराहरुको टो’काइको जोखिम पनि उतिकै छ । उनीहरुलाई सीमा नाकामै क्वरेण्टीन स्थापना गरेर व्यवस्थापन गर्न मायादेवी गाउँपालिकाका प्रमुख बजरङ्गी चौधरीले स्थानीय प्रशासनसँग आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्