भारतीय पर्यटन मन्त्रीद्वारा १ अर्व सहयाेगका लागि लिखित प्रस्ताव पत्र पठाउन नेपाल सरकारलाई आग्रह

धनुषा । भारतका केन्द्रीय संस्क़ृति तथा पर्यटनमन्त्री प्रह्लाद पटेलले भारतीय प्रधान मन्त्रीले जनकपुरधाममा घोषणा गरेका एक अर्ब रुपैया सहयोगको लागि नेपाल सरकारले भारतलाई लिखित प्रस्ताव पठाउन आग्रह गरेका छन। जानकी मन्दिर दर्शन पश्चात मन्त्री पटेलले नेपाल र भारतको रामायणकालीन धार्मिक र साँस्कृतिक सम्बन्ध रहेको जिकीर गर्दै भारतीय मन्त्री पटेलले काठमाण्डौमा १ अर्ब सहयोग रकमबारे आफुले पर्यटन मन्त्रीसंग समेत कुरा गरेको भन्दै नेपाल सरकारले जति छिटो प्रपोजल पठा उन सक्छ त्यतीनै छिटो काम अघि बढ्ने आस्वासन दिए ।

जानकी मन्दिर दर्शन पश्चात स्थानीय पत्रकारजरूसँग संक्षिप्त कुरा गर्दै पटेलले भने-‘म मेरो परिवारका साथ जनकपुरको पावन भूमिमा आएर माता जानकीको द’र्शन गरे मलाई खुशी लागेको छ ।’ नेपाली सेनाको विशेष हेलीकप्टर बाट जनकपुर आएका पटेललाई विमानस्थलमा प्रदेश नं २ का पर्यटन मन्त्रालयका सचिब डाक्टर प्रेम नारायण कंडेल, नेपाल भ्रमण वर्ष२०२० प्रदेश २ समन्वय समितिका संयोजक मनीष झा, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कंडेल, प्रहरी प्रमुख रमेश कुमार बश्नेत, शसस्त्र प्रहरी बल जन कपुरका प्रहरी उपरीक्षक राजेश उप्रेती लगायतका व्यक्तिले विमानस्थलमा स्वागत गरेका थिए ।

विमानस्थलबाट मन्त्री पटेल सबै भन्दा पहिले जनकपुरको रामचोक स्थित राम मन्दिरको दर्शन गरी पैदल हिँड्दै जानकी मन्दिर पुगेका थिए। झन्डै आधा घण्टाको पूजा पाठपछि मन्त्री पटेल प्रदेश नं २ का मुख्यमन्त्री लालबाबू राउतले आयोजना गरेको भेटघाट कार्य क्रममा सहभागी हुन जनकपुरस्थित होटल शिताशरण पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्