केपी ओली नायक हो, एउटा पदमा सिमित राख्न खोजे दु’र्घट्ना हुन्छ : मुख्यमन्त्री राई

काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प नरहेको स्पष्ट पारेका छन। मंगलबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । त्यस्तै, उनले तत्काल पार्टीमा एक व्यक्ति, एक पद पनि लागु नहुने जिकिर गरे ।

झन प्रधानमन्त्री ओलीको हकमा त यो लागु हुनै नसक्ने उनको भनाई छ । उनले भने-“प्रधानमन्त्री ओलीको हकमा एक व्यक्ति एक पद लागु हुँदैन् । कसैले पनि केही गर्न सक्दैन् । प्रधानमन्त्री सफल नेता हो । उहाँकै कारण नेकपाले बहुमत ल्याएको हो । उहाँ कै कारण आज देशमा ६ वटै प्रदेशमा नेकपाको सरकार गठन भएको हो । उनले यही बैशाख २५ गते बस्ने स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको विकल्प खोज्न नसक्ने दाबी गरे ।

उनले भने, उहाँको विकल्प खोज्ने सार्मथ्य कसैको छैन् । यो असम्भव कुरा हो । बाहिर सडकमा कराएर केही पनि हुँदैन् ।” त्यस्तै, मुख्यमन्त्रीहरु परिवर्तन हुने हल्लाबारे सोधिएको प्रश्नमा त्यसमा पनि कुनै सत्यता नभएको स्पष्ट पारे। उनले भनेका छन्,”मुख्यमन्त्री भनेको त्यसै बनेको होईन् । म संसदीय दलको निर्वाचन जितेर बनेको हो । त्यसैले कसैले भन्दैमा यो पद साटासाटा हुँदैन् ।

कसैले चाहेर हटाउने कुरा होईन् । भागबण्डामा मिलाउने कुरा पनि होईन् ।” आफू र वाग्मती प्रदेशका मुख्यमन्त्री डोर मणि पौडेल हटाएर भीम आचार्य र अष्टलक्ष्मी शाक्यलाई मुख्य मन्त्रीको जिम्मेवारी दिने हल्लामा पनि कुनै सत्यता नभएको राईले जिकिर गरे । उनले भने,”उहाँहरु दुवै जना संसदीय दलमा चुनाव हारेको मान्छे हो । कसरी बन्नुहुन्छ ? मुख्यन्त्रीलाई पनि प्रधानमन्त्रीजस्तै ५ वर्षको म्याण्डेट छ ।”

मुख्यमन्त्री राईले प्रदेश एकमा कोरोना नियन्त्रण हुने विश्वास दिलाए । उनले भने,हामी अत्यन्तै सचेतनासहित अघि बढेका छौं । भारतसँग सीमा आवात जावात कडाई हुन्छ । हाम्रो प्रदेशमा कोरोनाको जोखिम नियन्त्रणमा आईस्क्यो । उनले आफ्नो विवाह बारे प्रधान मन्त्री ओलीले पनि चासो राखेको सुनाउँदै कोरोनाको संक्रमण हट्नेबित्तिकै विवाह गर्ने तयारी सुनाए । उनले भने,”मेरो विवाहको कुराबारे प्रमले पनि चासो राख्नुभयो ।

को;रोनाको संक्रमण हटेपछि विवाह गर्छु भनेको छु । अहिले को;रोनाको संक्रमण नआएको भए विवाह हुन्थ्यो, त्यही कारणले पर सरेको छ । उनले आफूसँग प्रेम गर्ने समय नभएकोले मागी विवाह गर्ने पनि जनाए । उनले भने, सम्माननीय प्रधान मन्त्रीज्यूले पनि बालुवाटार आउँदा कहिले जोडी लिएर आउनुहुन्छ भन्नुभएको छ, म छिट्टै विहे गर्छु, र श्रीमती सहित बालुवाटारमा प्रधानमन्त्रीलाई भेट्न जान्छु ।” भिडीयो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्