राहत हैनः काम गर्नुहोस्, ज्याला लानुहोस्

भक्तपुर । चाँगुनारायण नगरपालिकाले लकडाउनका कारण समस्या रहेकाहरुलाई राहत हैन, काम दिएर ज्याला प्रदान गर्न थालेको छ । नगरभित्र बसोबास गर्ने स्थानीय र अस्थायी बसोबास गर्नेहरुलाई नगरपालिकाले काम दिन थालेको हो । लकडाउनका कारण रोजिरोटी गुमाउनु परेका श्रमिक तथा विपन्न परिवारलाई चाँगुनारायण नगरपालिकाले ‘खाद्यान्नको लागि रोजगारी’ कार्याक्रम सुरु गरेको छ ।

नगरपालिकाले सञ्चालन गरेको खाद्यान्नको लागि रोजगारी कार्यक्रममा विभिन्न वडामा विभिन्न काम भईरहेको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिएका छन् । हाल उक्त कार्यक्रम अन्तरगत सडकको नाली सफा गर्ने, सडक मर्मत गर्ने, जडिबुटी लगाउने स्थानमा बुट्यान सफा गर्ने काम भईरहेको नगरप्रमुख मिश्रले बताए ।

नगरप्रमुख मिश्रले भने, ‘आर्थिक रुपमा विपन्न र रोजगारी गुमेका मजदुरहरुलाई राहत भन्दापनि रोजगारी कार्यक्रम राम्रो भएकाले यो कार्यक्रमको थालनी गरेका हौं।’ वडा नम्बर ८का अध्यक्ष परासर सापकोटाकाअनुसार उक्त वडामा हिजो र आज (बुधबार) काम भइरहेको छ । करिब नगरपालिकाभित्र २ हजार ५ सयभन्दा धेरै मजदुरले यो कार्यमा सहभागी जनाउने नगरपालिकाले जानकारी दिएको छ । रातोपाटिवाट

प्रतिक्रिया दिनुहोस्