आज साँझ ७ बजे द्वीप प्रज्वलन गर्न प्रधानमन्त्रीको अपिल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जयन्तीको अवसरमा बिहीबार साँझ ७ बजे द्वीप प्रज्वलन गर्न देशवासी समक्ष अपिल गरेका छन । प्रधानमन्त्री केपी ओलीले को;रोना भाइरसबाट जीवन गुमाएका तथा रोल्पा ब’म वि’स्फोटमा ज्या’न गुमाएका प्रति पनि श्र’द्धाञ्जली अर्पण गरेका छन् । त्यस्तै, उनले सं’क्रमितहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

गौतमबुद्धको स्मृति र सम्मानमा उनका शान्तिका सन्देशहरु सबै मिलेर सम्प्रेषण गरौँ भन्ने आग्र हका साथ प्रधानमन्त्री ओलीले को;रोना भाइ’रसको संक्रमणबाट दिवंगत भएकाहरु प्रति श्र’द्धासुमन अर्पण गर्न, घा’इतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्न, उपचा रमा संलग्न स्वास्थ्यकर्मीहरु, स्वयम्सेवीहरु र यस कार्यमा सहयोगी हात बढाउने सबैप्रति ऐक्यबद्धता जनाउन घर तथा संस्थाहरुमा द्वीप प्रज्वलनका लागि अपिल गरेका हुन् ।

आज बुद्धजयन्ती अर्थात् सिद्धार्थ गौतम बुद्धले जन्म लिएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण गरेको दिन, एकै दिन र एकै तिथिमा परेको हुनाले बुद्ध जयन्ती भनेर मनाउने गरेको ओलीले स्मरण गरेका छन्। संयुक्त राष्ट्र संघले विश्व शान्तिका अग्रदुत सिद्धार्थ गौतम बुद्धको सम्मान–स्मृति र उहाँका शान्तिका सन्देशहरुको कदर गर्दै आजको दिनलाई वैशाख दिवस का रुपमा मनाउने गरेको छ।

‘बैशाख डे जसरी धुमधामसँग विश्व व्यापी रुपमा मनाइने गरिन्थ्यो, विश्व स्तरमा सम्मेलन गरेर मनाउने गरिन्थ्यो, यस वर्ष कोरोना भाइरसको महामारीले त्यस रुपमा मनाउन सकिने अवस्था रहेन’, प्रधानमन्त्री ओलीले भनेका छन्, ‘फेरि पनि यस अवसरमा म महा मानव, जसलाई मानव जातिले भगवान बुद्धका रुपमा मान्ने गरेको छ, उहाँप्रति अत्यन्तै आदर, सम्मान र श्रद्धासुमन अर्पण गर्न चाहन्छु।’

प्रतिक्रिया दिनुहोस्