बुद्धका उपदेश परिपालन गरे राष्ट्रिय एकता थप सुदृढ : राष्ट्रपति

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले शान्तिदूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सके राष्ट्रिय एकतालाई थप सुदृढ हुने विश्वास व्यक्त गरेकी छिन्। बिहीबार २५६४ औं बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश दिँदै विश्वभरका बौद्धमार्गी एवं स्वदेश तथा विदेशमा रहनुभएका शान्ति र अहिंसाप्रेमी सम्पूर्ण महानुभावमा शुभकामना व्यक्त गरेकी छन्।

सन्देशमा भनिएको छ, ‘शान्तिदूत बुद्धका प्रेरणादायी उपदेश र मार्ग दर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधता बीच सहिष्णुता र आपसी सद्‌भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवम् सबल बनाउन सकिने विश्वास मैले लिएको छु।’

गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महा’परिनिर्वाण वैशाख पूर्णिमा कै तिथिमा परेकाले यस दिन नेपाल लगायत विश्वका बौद्ध धर्मावलम्वीहरूद्वारा बुद्धको अहिंसात्मक शान्ति सन्देश तथा उपदेशको प्रातः स्मरण गर्दै शान्तिका अग्रदूत गौतम बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिका साथ बुद्ध जयन्ती मनाउने गरिएको छ। आजको यस दिनले विविधताबीच एकताको खोजी गर्दै आपसी मेलमिलापका साथ शान्ति र प्रगतिका पथमा अघि बढ्न हामी सबैलाई उत्साह, उमङ्ग र प्रेरणा प्रदान गर्ने अपेक्षा उनले बुद्धजयन्तीको शुभकामना सन्दे शमा व्यक्त गरेकी छन्।

विश्वव्यापी म’हामारीका रूपमा फैलिएको नोबेल को;रोना भाइरस (‘कोभिड(१९)को महा वि’पत्तिबाट सम्पूर्ण विश्वले शीघ्रातिशीघ्र मुक्ति पाउने कामना गर्दै राष्ट्रपतिले बुद्ध जयन्तीका यस अवसरमा एकता, सहिष्णुता, सद्भाव, अहिंसा र शान्तिको महाभियानमा लाग्न विश्वका सम्पूर्ण मानवलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्