लुकीछिपी उपत्यकामा भित्रिन नदिन कडाइ

काठमाडौँ । काठमाडौँ उपत्यका भित्रिने सवारी साधन र मानिसको आवागमन रोक्न स्थानीय प्रशासन र प्रहरीले थप कडाइ गरेको छ । लुकी छिपी मानिस भित्रिने गरेको भन्ने सूचना आए पछि काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उपत्यका भित्रिने विभिन्न नाकाको स्थलगत अनुगमन गरेको छ ।

काठमाडौँ बाहिरबाट उपत्यकाभित्र धमाधम मानिस लुकेर आउन थालेको खबर आएपछि वास्तविकता बुझ्न स्थलगत अनुगमन गरिएको ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक भीम ढकालले बताए। उनले त्यसरी लुकेरभने मानिस नआएको पाइएको बताए।

ट्राफिक महाशाखाका प्रमुख ढकालले नाकामा खटिएका सुरक्षाकर्मीलाई नाकामा थप कडाइ गर्न निर्देशन समेत दिए। म’हामारी नियन्त्रण गर्न जो जहाँ छ, त्यहीँ बसेर सरकारको प्रयासमा साथ दिनसमेत उहाँले सर्वसाधारणाई आग्रह गरेका छन्। सरकारले को’भिड १९ को रोकथामका लागि लकडाउनको आदेश जारी गरेको छ । यस अवधिमा आजसम्म कूल १९ जनामा कोभिड १९ देखिइसकेको छ ।

सर्ने क्रम जारी रहेकाले थप सावधानी अपनाउन र आवतजावत रोक्नुपर्ने आवश्यकता छ। त्यसैले लकडाउनलाई कडाइ गरिएको काठमाडौँका प्रमखु जिल्ला अधिकारी दाहालले बताए अहिले प्रहरीले अत्यावश्यक सामान बोकेका सवारी र स्वास्थ्य उपचारसँग सम्बन्धित गाडीलाई मात्रै उपत्यका भित्रिन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्