हात्तीले कु’ल्चिदा सप्तरी एक महिलाको मृ’त्यु

राजविराज : हात्तीको आ’क्र’मणबाट सप्तरीको शम्भुनाथ नगरपालिकाकी एक महिलाको बिहीबार बिहान मृ’त्यु भएको छ। कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको समूहले शम्भुनाथ नगरपालिका–२ स्थित भलुवाही टोलकी ३८ वर्षीया जानकी मगरलाई हात्तीले कु’ल्चिँदा मृ’त्यु भएको स्थानीय बाबुराम घिमिरेले बताए।

तीनवटा हात्तीको समूह गाउँ प्रवेश गरेपछि भाग्ने क्रममा हात्तीले कु’ल्चिएर मृ’त्यु भएको मृतकका श्रीमान पेशल मगरले जानकारी दिए। हात्तीको समूह आँगनमै प्रवेश गरेपछि आफू ज्या’न जोगाएर भागेको र श्रीमती भाग्ने क्रममा लडे पछि पछाडिबाट आएको अर्को हात्तीले टा’उकोमा कु’ल्चिएको उनले बताए। हात्तीको समूहले स्थानीय लक्ष्मण मण्डल र बलराम इशरको घर भ’त्काउनुका साथै धान चामल खाएर न’ष्ट गरेको छ।

महिलाको श’वलाई पोस्ट्मा’र्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज ल्याइएको छ। दुई दिनअघि हात्तीको समूहले अग्नीसाइर कृष्ण सवरण गाउँपालिका-२ स्थित राम टोलका बिरेन्द्र राम, श्यामकुमार राम, लक्ष्मीदेबी राम र नारायण रामको घर भत्का एको थियो। हात्ती आँगनभित्र पसेको देखेर भाग्न खोज्दा गत साता अग्निसाइर कृष्णसवरण गाउँपालिका–६ महुलीका भुवन आचार्य लडेर घा’इते भएका थिए। अन्नपुर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्