यसरी हुँदैछ सांसदको को’रोना परीक्षण, बेलुकी सम्ममा रिपोर्ट आउने

काठमाडौं : संघीय संसदका सदस्यहरूको को;रोना भाइरस परीक्षण थालिएको छ। संसद भवन बानेश्वरमा प्रतिनिधि र राष्ट्रिय सभा सदस्यको पिसिआरबाट को;रोना परीक्षण भइरहेको छ। संसदको बजेट अधिवेशन शुक्रबार देखि सुरू हुँदैछ। को;रोना भाइरसको संक्रमण नफैलियोस् भनेर भौतिक दूरी कायम गरी संसद बैठक चलाउने तयारी भइरहेको छ।

परीक्षणका लागि आज सांसदहरुको घाँटीको र्यालको नमुना सङ्कलन गरिएको र सबै जनाको परीक्षणको रिपोर्ट भरे बेलुकी सम्ममा आउने सचिवालयले जनाएको छ । सङ्घीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभाको बर्खे अघिवेशन भोलिदेखि सुरु हुँदैछ । यो अधिवे शनमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत, छलफल र पारित हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा बैठकमा उपस्थित हुँदा उनको वरपरका १२ सिट खाली राखिने भएको छ। कोरोना भाइरस संक्रमणबाट जोगाउन प्रधानमन्त्री संसद बैठकमा उपस्थित भएका बेला यस्तो दूरी कायम गर्न लागिएको हो । नेपालमा अहिलेसम्म ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा २२ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्