गर्भवती र नाबालक सहित ९२८ जना क्वारेन्टाईनमा

राजन रावत, सिमकोट । तीन जना नाबालक र एक जना गर्भवती महिला सहित ९२८ जना नागरिक जिल्लाका विभिन्न क्वारेन्टाईनमा बस्दै आएका छन्। नेपालगंज र सुर्खेतबाट हवाई तथा पैदल मार्गबाट उद्धार गरिएको कारण को;रोना संक्र मणको आशंकामा उहाँहरुलाई क्वारेन्टाईनमा राखिएको हो ।

हुम्ला जिल्लामा यतिबेला क्वारेन्टाईनमा ९२८ रहदै आएको राष्ट्रिय अनुसन्धानका डिएसपी सन्जिब चौधरीले बताउनु भयो। जिल्ला बाहिरबाट उद्धार गरिएका नागरिकहरु गाउँपालिका र वडाहरुले क्वारेन्टाईन वार्ड स्थापना गरेर राख्ने ब्यबस्था गरेका हुन। हाल क्वारेन्टाईन मा रहेका नागरिकहरु वैशाख १८ देखि २१ गतेसम्म पैदल र हवाई मार्गबाट उद्धार गरिएका नागरिक हुन ।

उद्धार गरि नागरिक हरुमा सिमकोट गाउँ पालिकाका १४ वटा क्वारेन्टाईनमा २५३ जना रहेका छन् । त्यसै नाम्खा गाउँपालिकामा ८९ जना र खार्पुनाथ गाउँ पालिकामा १४७ जना रहेका छन् । त्यहाँ तीन जना नाबालक र एक जना ग’र्भवती महिला रहेको डिएसपी चौधरीले बताउनु भयो । सर्केगार्ड गाउँपालिकाको वडा नम्बर १ को जैरमा ६२ जना क्वारेन्टाईनमा रहेका छन् ।

सो गाउँपालिकाको अन्य वडामा बाहिरबाट धेरै मानिस उद्धार गरिको भएपनि क्वारेन्टाईनमा राखिएको छैन । त्यसैगरि चंखेलीमा २५७ जना नागरिक क्वारेन्टाईनमा राखिएको छ । यता अदानचुली गाउँ पालिकामा ११९ जना रहेका छन् भने ताँजाकोटमा एक जना मात्र रहेका छन् ।

उक्त गाउँपालिकामा ३२ जना नागरिकहरुको उद्धार गरि ल्याएको भएपनि अन्य क्वारेन्टाईनमा नबसेको र घरघरमा सेल्फ क्वारेन्टाईनमा बसेको जानकारी प्राप्त भएको छ। हुम्लामा हवाई मार्गबाट ४८०जना र पैदल मार्गबाट ७७४ जना गरि एक हजार दुई सय चौवन्न जना नागरिकको सुर्खेत र नेपालगंजबाट उद्धार गरिएको थियो । अझै तीन सय २६ नागरिक क्वारेन्टाईनमा नबसी घरघरमा बसेका छन् ।

यसैबिच सिमकोट गाउँपालिकाको वडा नम्बर ५ को भिमसेन आधारभुत विद्यालयको क्वारेन्टाईनमा रहेका नागरिकहरु भुईमा ओछ्यान बिच्छ्याएर सुत्न थालेपछि सिमकोटस्थि मानसरोवर होटेलले १५ वटा बेड सहयोग गरेको छ। त्यस्तै अधिकाँस क्वारेन्टाईनहरु न्यूनतम मापदण्ड पनि पुरा नगरेको गुनासो आउन थालेको छ । रासस

प्रतिक्रिया दिनुहोस्