चितुवासँग ल’डेर छोरालाई बचाउने शाहसी बाबु !

अमरराज नहकी, तनहुँ। तनहुँका एक शाहसी बाबुले छोरालाई आ’क्र’मण गर्न आएको चितुवासँग ल’डेर छोरालाई बचाउने मात्रै नभई नरभ’क्षी चितुवालाई मा’र्न समेत सफल हुनु भएको छ। भानु नगरपालिका–४ चुँदीकुमाल गाउँमा नेपाली सेनाका पूर्व सैनिक ३६ वर्षिय रामबहादुर कुमालले छोरालाई झ’न्टिन आएको चितुवालाई छे’केर उद्धार गर्नु भएको हो ।

चितुवाको आ’क्रम’णबाट कुमाल पनि घा’ईते हुनु भएको छ। करीव ३ वर्षको र २० किलोको चितुवा मान्छेसँगको कुमाल र उहाँको परिवार मिलेर चितुवासँग भि’डन्त हुँदा मा’रिएको र छोराको सकुशल उद्धार भएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिनुभयो । कुमालको १२ वर्षको छोरो समिर कुमाललाई आ’क्र’मण गर्न चितुवा जा’इलाग्ने क्रममा भि’डन्त भएको थियो ।

मेरो पछि, पछि आएको छोरालाई चितुवाले आ’क्र’मण गर्न चितुवा दौ’डेर आएको देखें, मैले छे’क्कर का’टेर चितुवालाई रोकें कुमालले भन्नुभयो, म चितुवा सँग ल’ड्न नगएको भए छोरालाई झ’न्टिने थियो ।’ घाई’ते कुमालले व्यव सायिक रुपमा पाल्नु भएको कुखुरा फारामबाट बिहिबार विहान ४ बजे एक व्यक्तिले कुुुखुरा टि’पेर भागेको देखेपछि चोरलाई कुमालले ल’खेट्दै जाँदा वन छेउको चिलाउनेको रुखमा लुकेर सबेको चितुवाले बालकलाई आ’क्र’मण गर्न खोजे पछि दोहोरो भि’डन्त भएको भानु नगर पालिकाको उपप्रमुख आशा थापाले जानकारी दिनुभयो ।

कुखुरा चो’रलाई ल’खेट्ने क्रममा छोरा पनि बाबुको पछि÷पछि दौडदैं गएको स्थानीय वासिन्दाले जानकारी दिए । जङ्गलमा लुकेको चितुवासँग रामबहादुरलाई चि’च्चाउँदै भि’ड्दै गरेको देखे पछि उहाँको दाजु र दुई भतिज पनि उहाँलाई बचाउन चितुवासँग भि’ड्न पुगेपछि चितुवा मा’रिएको स्थानीय बासिन्दा तथा भानु नगरपालिकाका नायव सुब्बा शङ्कर रानाभाटले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्