प्रधानन्त्री केपी शर्मा वलीद्वारा दिप प्रज्वलन

काठमान्डौ:प्रधानमन्त्री केपी शर्मा ओलीले दिप प्रज्वलन गरेका छन ।सरकारले बुद्ध जयन्तीको दिन बिहीबार साँझ दीप प्रज्वलन गर्न जनतालाई आह्वान गरेको थियो। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एव‌ं प्रधानमन्त्री केपी शर्मा ओली दीप प्रज्ज्वलन कार्यक्रममा सहभागी भएका हुन् । बुधबारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्यकर्मी र सुरक्षा कर्मीको सम्मानमा दीप प्रज्वलन गर्न आह्वान गर्ने निर्णय गरेको थियो ।

को;रोना महामारी वि’रुद्धको लडा’ईंमा अग्रभागमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीप्रति सम्मान प्रकट गर्न भन्दै बुद्ध जयन्तीका अवस रमा बालुवाटारमा गरिएको दीप प्रज्ज्वलन कार्यक्रममा उनी सहभागी भएका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको सामू हिक दीप प्रज्ज्वलनमा प्रधानमन्त्रीसँगै मन्त्रिपरिषद्का सदस्यहरू समेत सहभागी भएका छन्।

हिजो २४ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले आज बेलुका देशैभर दीप प्रज्ज्वलन गर्न अपील गर्ने निर्णय गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत रूपमा समेत यस्तो अपील गरेका थिए। को;रोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य कर्मी र सुरक्षाकर्मीहरु फ्रन्टलाइनमा बसेर काम गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्