लकडाउनमा शहरबाट गाँउ फकिएका युवाले बनाए सडक

म्याग्दी : को;रोना भाइरस रोकथामका लागि गरिएको बन्दाबन्दीपछि शहरबाट आएका युवाहरुले श्रमदान गरेर म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीमा सडक निर्माण गरेका छन। भगवतीको पखटोलमा काठमाडाँै, पोखरा र बेनी लगाय तका शहरबाट आएका युवाहरुले श्रमदान गरेर एक किलोमिटर सडक खनेका हुन् ।बाक्लो बस्तीभित्र सवारी साधनमार्फत आवात जावत गर्न मिल्ने सडक बनाउन श्रमदान गरेका स्थानीय निर्मल केसीले बताउनुभयो ।

स्थानीयवासी अर्जुन खत्रीको संयोजनमा दैनिक १० युवाले घरायसी र खेतबारीको कामबाट बचेको समयमा सडकमा श्रमदान गरेका थिए। सडकबाट ५० घरधुरी लाभान्वित हुने जनाइएको छ । सो वडाका वडाध्यक्ष रिमबहादुर कटुवालले युवाहरुलाई विकासका काममा परिचालन गर्दा उनीहरुको विकास योजनाप्रति अपनत्व हुने र विकृतिबाट टाढा राख्न सहयोग पुग्ने बताउनुभयो ।

म्याग्दीको अन्य ठाउँमा पनि लकडाउनपछि गाउँमा पुगेका युवाहरुले स्थानीय तहले बजेट विनियोजन गरेका सडक, खानेपानी, भवनलगायत विकास निर्माणको कामको नेतृत्व गरेका छन् ।बेनीमा बस्दै आएका बेनी–१० पात्लेखेतका धनबहादुर रोकाले लकडाउन पछि गाउँ गएको समयमा उपभोक्ता समितिको नेतृत्व गरेर नेपानेबाट धैरेनीटोल जोड्ने सडक निर्माण गर्नुभएको छ ।

“डोजर र स्थानीय जनशक्ति परिचालन गरेर सडक खनेका हौँ”, उहाँले भन्नुभयोे, “लकडाउनका बीच गाउँमा सडक पु¥याउँदा खुशी भएका छौँ ।”नेपानेबाट धैरेनीटोल जोड्ने सडक दुई किलोमिटर छ। २२ घरधुरी लाभान्वित भएका छन् । माइक्रोबस, जिप, ट्र्या क्टर, मोटरसाइकललगायतका सवारी साधन चलाउन सकिने भएको छ । सडक पाँच मिटर फराकिलो छ ।

बेनी नगरपालिकाले रु चार लाख विनियोजन गरेको सडक निर्माणमा उपभोक्ताले रु एक लाख बराबरको श्रमदान गरेका थिए ।लकडाउनकै बीच अन्नपूर्ण गाउपालिका–५ शिखको तल्लो गाउँबाट घिर्वाङ जोड्ने २.५ किलोमिटर सडक निर्माण भएको छ। स्थानीयस्तर मा उपलब्ध उपकरण (डोजर र मजदुर) परिचालन गरेर सडक निर्माण गरेको उपभोक्ता समितिका अध्यक्ष भविन्द्र गुरुङले जानकारी दिनुभयो ।

रु १५ लाख ७१ हजार ८७० को लागतमा सडक निर्माण भएको उपभोक्ता समितिले जनाएको छ। अन्नपूर्ण गाउपालिकाले रु आठ लाख २५ हजार विनियोजन गरेको सडक निर्माणमा स्थानीय स्रोत र नगद समेत परिचालन भएको वडाध्यक्ष दिनेश तिलीजाले बताउनु भयो ।सडक निर्माण भएपछि शिख, किन्दु, झारवाङका १३० घरधुरीका ५०० जनसङ्ख्या लाभान्वित भएका छ । आवतजावत, निर्माण र खाद्यान्न सामग्री ढुवानी तथा आलु, तरकारीलगायत कृषि उपज निकासीमा सहज भएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्