न घाम न पानी, हावाहुरीमा टेन्ट समाएर सीमामा पहरा दिंदै सशस्त्र

इनरुवा, २५ बैशाख । को;रोना भाइ’रसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै यतिबेला भारतसंगको सीमा सिल गरिएको छ । सीमामा हुन सक्ने सम्भावित आउ जाउलाई रोक्न सुरक्षाकर्मीको संख्या समेत थप्दै लगिएको छ । तर, ती सुरक्षा कर्मीकालागि सीमामा बसेर सुरक्षा दिन भने पक्कै सहज छैन् ।

एकैछिनमा लाग्ने चर्को घाम अनि मौसममा आएको परिवर्तन सँगै एक्कासि पर्ने पानीको अवस्थाबीच सशस्त्र प्रहरी अहोरात्र सीमा क्षेत्रमा खटिएको छ। सीमामा नेपाल प्रहरीको समेत उपस्थिति रहेपनि फ्रन्ट लाइनमा भने सशस्त्र प्रहरीले ड्युटी निर्वाह गर्दै आएको छ ।उनीहरुकालागि न घाम न पानी ! न हावाहुरी न हुण्डरी । मात्र छ केवल ड्यूटी । ओत लाग्न बनाइएको टेन्ट कुन बेला हावाले उडाउँछ कुनै टुङगो छैन् ।

चर्को घाम र पानी समेतको प्रवाह नगरी नेपाल भारत सीमा क्षेत्रमा खटिरहेको छ सशस्त्र । स्रोत साधन अभावकाबीच जिम्मेबारी वहनमा रहेको सशस्त्र आज न्यूज २४ को टोली सीमामा पुग्दा हावाहुण्डरीकाबीच टेन्टको डोरी समाएर बसेको अवस्थामा भेटिएको थियो । उनीहरुको मुहारमा स्रोत साधन अभाव र पर्याप्त बन्दोवस्तीको अभाव स्पष्ट झल्किन्थ्यो । यद्धपि देशप्रतिको दायित्व बोध गरेका यी राष्ट्रसेवकमाथि कुनै अफसोच भने थिएन् ।

प्रतिकृया जनाउन भने नमानेका उनीहरु तोकिएको जिम्मेबारी बहनमा खटिन पाउनुनै आफुहरुको सौभाग्य भएको बताइरहेका थिए । अभावका बीच ड्युटीमा खटिएको शसस्त्रलाई स्थानीय तहले सकेको सहयोग उपलब्ध गराउँदै आएका छन् । पारि एसएसबी र वारि सशस्त्र यतिबेला सीमामा निरन्तर निगरानीमा छन् । दुवै देशका सुरक्षाकर्मी आपसी समन्वयका साथ सीमामा पहरा दिइरहेका छन् । न्युज २४ नेपालमा अमर काफ्लेले लेख्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्