लुम्बिनीमा २५६४ दीप प्रज्ज्वलन र विश्व शान्ति प्रार्थना : जहाँ छन् बुद्धका आँखा, शान्त स्निग्ध र…

भैरहवा, २५ बैशाख । को;रोना भाइरसको महामारीले ज्यान गुमाएकाको चीरशान्ति र वि’रुद्ध ल’डिरहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको सम्मानमा बिहीबार साँझ नेपालभर दीप प्रज्जलन गरिएको छ।सरकारले नै जनतालाई दीप प्रज्जलनका लागि आह्वान गरेको थियो।

साँझ ७ बजे निर्धारित समयमा राजधानीलगायत देशभर मानिसले घर घरमा दीप प्रज्जलन गरिरहेका दृश्यहरु देखिएका छन्। को;रोना भाइरस संक्रमणका कारण लकडाउन जारी रहदा २५६४औं बुद्ध जयन्ती सामान्य रुपमा प्रार्थना, बन्दना र बिश्व शान्ति कामना गर्दै दीप प्रज्ज्वलन गरी मनाइएको छ । बिहीबार बिहान लुम्बिनी भित्र रहेका स्वदेशी तथा बिदेशी बिहारका सीमित भिक्षुहरु, लुम्बिनी बिकाश कोषका केही पदाधिकारीको उपस्थितीमा सामान्य रुपमा १ घन्टा भित्रै बुद्ध जयन्तीको कार्यक्रम गरिएको थियो ।

यस्तै साँझ ७ बजे लुम्बिनी क्षेत्रमा २५६४ वटा दीप प्रज्ज्वलन गरिएको छ। छोटो कार्यक्रमका साथ गरिएको दीप प्रज्ज्वलनबाट समग्र लुम्बिनी क्षेत्र प्रकाशमा लुटपुटिएको थियो ।त्यस्तै प्रधानमन्त्री निवास बालुवाटारमा पनि प्रधानमन्त्री केपी शर्मा र उनकी पत्नीले विभिन्न भिक्षुहरुको उपस्थितिमा दीप प्रज्जवलन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्