नेपालमा को’रोना संक्रमित सय नाघे, कपिलवस्तुमा भेटिए २ जना संक्रमित

काठमाडौं : नेपालमा को;रोना संक्रमितको संख्या १०१ पुगेको छ । विहीबार कपिलवस्तुका दुई जनामा को;रोना संक्रमण पुष्टि भएको स्वाथ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोग शालमा टेकुमा भएको परीक्षणमा उनीहरुमा रिपोर्ट पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ । उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा हरेको मन्त्रालयले जनाएको छ । बिहीबार कपिलवस्तुका २ पुरूषमा को;रोना भाइरसको संक्र’मण पुष्टि भएसँगै संक्रमितको संख्या १०१ पुगेको हो। आज थपिएका दुई पुरूषको उमेर १६ र २२ वर्ष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बुधबारमात्रै वीरगन्जमा दुई महिनाका शिशु सहित एकै परिवारका १७ जनामा को;रोना संक्रमण पुष्टि भएको थियो। कपिलवस्तुमा पहिलो पटक को;रोना संक्रमित भेटिएका हुन्। यस अघि कपिलवस्तुको छिमेकी जिल्ला रुपन्देहीमा एक जनामा को;रोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ । तीमध्ये १९ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्