नेपाल छि’र्न खोज्ने भारतीयहरुद्वारा सशस्त्र प्रहरी पोष्टमा तो’डफो’ड, स्थिति निय’न्त्रणमा लिन ह’वाई फा’यर

बारा : बाराको सुवर्ण गाउँपालिकाको पचगछिया सिमानामा आज दिउँसो भारतीयहरुले सशस्त्र प्रहरीको पोष्टमा तो’ड’फोड गरेका छन्। सुवर्ण गाउँ पालिका-३, पचगछियामा रहेको प्रहरीको चेक पोष्टमाथि भारतीयहरुले दिउँसो साढे १२ बजे आ’क्र’मण गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

सिमानामा आज दिउँसो भारतीयहरुले सशस्त्र प्रहरीको पोष्टमा तो’ड’फोड गरेका हुन् । सुवर्ण गाउँ पालिका– ३, पचगछियामा रहेको प्रहरीको चेक पोष्ट माथि भा’रतीयहरुले दिउँसो साढे १२ बजे आ’क्र’मण गरेको सशस्त्र प्रहरीले जनाएको छ । भारतको हनुमान नगरबाट झन्डै एक सयको संख्यामा आएका भारतीयले सशस्त्र प्रहरीको पोष्टमथि आ’क्र’मण गरेको सशस्त्र प्रहरी उपरीक्षक दिगविजय सुवेदीले बताउनु भयो ।

स्थिति नि’यन्त्रणमा लिन सशस्त्र प्रहरीले एक रा’उन्ड हवाई फा’यर गरेको प्रहरीले जनाएको छ । दुई जना भारतीय नेपाल प्रवेश गर्न खोज्दा सशस्त्र प्रहरीले प्रवेश गर्न रोकेपछि ठूलो संख्यामा भारतीयहरु आएर आ’क्र’मण गरेको सशस्त्र प्रहरी उपरीक्षक सुवेदीले जानकारी गराउनु भयो । अहिले दुवै देशका सुरक्षाकर्मीहरु घ’टना स्थल पुगेको र स्थिति सामान्य रहेको प्रहरीले जनाएको छ । घ’टना स्थलमा कलैयाबाट सुरक्षा निकायका प्रमुखहरु पुग्नु भएको छ । स्रोत:एबीसी टिभी नेपाल

प्रतिक्रिया दिनुहोस्