कपिलवस्तुका संक्रमित २ युवक मुम्बईबाट एकसाता अघि लुक्दै नेपाल छिरेका थिए

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार कपिलबस्तुमा २ जनामा को;रोना संक्रमण भेटिएको जनाएको छ।५ नम्बर प्रदेशका १२ जिल्लामध्य तराईका ३ जिल्लामा सक्रमित बिरामी भेटिएका छन् । बिहीबार कपिलवस्तु ८ निवासी १६ र २२ वर्षका २ युवकको स्वाब परीक्षणमा रिपोर्ट पोजेटिभ आएको जनाइएको छ ।

बिहीवार संक्रमण पुष्टि भएका कपिलवस्तुका दुई युवक एकसाता अघि भारतबाट आएको खुलेको छ । १६ र २२ वर्षका ती युवक भारतको मुम्बईबाट एकसाता अघि जिल्ला प्रवेश गरेपछि क्वारेन्टाइनमा राखिएको थियो । खुल्ला सिमानाको फाइदा उठाउँदै उनीहरु लुकेर नेपाल छिरेको थाहा पाएपछि स्थानीयले मायादेवी गाउँपालिका वडा नं. १ पकडीमा रहेको छत्रपाली तिर्थादेवी माविको क्वारेन्टाइनमा राखेका थिए।

क्वारेन्टाइनबाट उनीहरुको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा कोरोना भाइरसको भेटिएको पुष्टि भएको थियो। कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले संक्रमित दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुलाई बुटवलको आइसोलेसन अस्पतालमा ल्याइएको जानकारी बताए। संक्रमित दुबै जना मायादेवी गाउँपालिका वडा नम्बर २ का वासिन्दा हुन्।

उनीहरुमा संक्रमण भेटिएकाले उनीहरुको सम्पर्कमा आएकाहरुको पहिचान गर्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए। योसँगै प्रदेश ५ का तीन जिल्लामा को;रोना संक्रमण भेटिएको छ भने संक्रमितको संख्या २६ पुगेको छ। यसअघि बाँके को नेपालगन्जमा २३ र रुपन्देहीको कोटहीमाईमा एक जनालाई को;रोना संक्रमण पुष्टि भएको थियो।

प्रतिक्रिया दिनुहोस्