चो’र समात्न जादा चितुवासँग ३० मिनेटसम्म घम्साघम्सी चि’तुवा म’र्‍यो, घा’इते रामबहादुर यस्तो भन्छन…

तनहुँ । वैशाख पूर्णिमाको पूजाका लागि भानु गाउँपालिका–४ तनहुँका रामबहादुर कुमालले कुखुरा किनेर ल्याए । वुधबार राति खोरमा कसैले कुखुरा चो’रेको जस्तो लाग्यो उनलाई । हत्त पत्त उठे र लाइट बालेर खोरतिर लागे । उनका दाजु भरत पनि उठे र हल्लाखल्ला भयो । कुखुरा चो’रेर लैजादै गरेको मान्छे देखेपछि उनीहरु पछि पछि लागे ।

भरतका छोराहरू टीकाराम, गंगाराम, दीपेन्द्र र रामबहादुरका १३ बर्षका छोरा समीर पनि उठेर बाबुहरुको पछि दौडिए । केही पर खोल्सामा पुगेपछि कुखुरा चो’रहरु कता भागे पत्तो भएन। ‘कुखुरा चो’रेर भागेका मान्छे देखियो तर पत्ता लगाउन सकिएन’ भर तले भने । लगत्तै खोल्सा नजिक पुगेका राम बहादुरका छोरा समीरलाई चि’तुवाले आ’क्र’मण गर्‍यो ।

रामबहादुरले छोरा जोगाए । तर, चितुवाले रामबहादुर माथि नै आ’क्र’मण गर्‍यो । रामबहादुरको हात नै चितुवाको मुख भित्र पर्‍यो । भाइलाई चितुवाले ल’डाएको देखेपछि दाइ भरत चितुवा माथि जा’इलागे । ‘भाइलाई चितुवाले ल’डाएको देखेँ, मेरो त त्यसपछि दिमाग नै के भयो भयो, झ्याम्पै चितुवा माथि घो’डा चढेर न्याकेँ, त्यसपछि छोराहरुलाई ढुंगा ल्याउन भने’ घ’टना सम्झिदै भरत भन्छन् ।

घटना राति करिब तीन बजेको हो । भरतले चितुवालाई न्या’के। छोराहरुले ढुंगा र ला’ठीले लगातार प्र’हार गरे । जसोतसो गरेर चितुवाको मुखबाट रामबहादुरको हात निकाले । ‘चि’तुवाको मुखमा ढुंगा कोचेर भाइको हात निकालेँ, चितुवाले भाग्न निकै बल गरि
रहेको थियो, जोडले अठ्याएर मा’र्‍यौं’ । भिडीयो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्