मलेसियाद्धारा भिसा सकिएका नेपाली सहितलाई १४ दिन भित्र स्वदेश फर्कने अवसर

काठमाडौं, २५ बैशाख । मलेसियाले जनवरी १ देखि भिसा सकिएकालाई लकडाउन सकिएको १४ दिनभित्र टिकट सहित स्वदेश फर्कने अवसर दिने भएको छ। विभागले हिजो सूचना जारी गर्दै कुनै जरिवाना बिना मे १२ देखि २६ सम्म थप कागजात वा कुनै पास नबनाइ स्वदेश फर्कन चाहनेलाई अवसर दिएको हो ।

मलेसियाले भिसा सम्बन्धी लिइएको नयाँ नीतिबारे जानकारी दिँदै क्वालालम्पुर स्थित नेपाली दूतावासका अनुसार त्यस्ता कामदारलाई सीधै टिकट काटेर आफ्नो देश जान अनुमति दिइएको छ । मलेसियाका लागि नेपाली राजदूत उदय राज पाण्डेले डिसेम्बर ३१ भन्दा अगाडि भिसा समाप्त भइसकेका कामदारमाथि भने कारबाही हुने न्यूज २४ लाई जानकारी दिनुभयो ।

एमओसी सुरु हुनुभन्दा अगाडि वा सुरु भएपछि भिसाको म्याद समाप्त भएका कामदारको नवीकरण गर्नुपर्ने भएमा एमओसी समाप्त भएको ३० दिनभित्र आवेदन दिनुपर्ने छ । यस्तै, साउदीले पनि सबै देशका आप्रवासीलाई स्वदेश फर्कन पाउने बाटो खुल्ला गरिदि एको छ ।

प्रतिक्रिया दिनुहोस्