को’रोनालाई जितेर डिस्चार्ज भए विराटनगरबाट थप ८ जना

विराटनगर, बैशाख २६ : बिराटनगरबाट थप ८ जना को;रोना मुक्त भएर डिस्चार्ज भएका छन्। कोशी अस्पताल को’भिड १९ उपचार केन्द्र बाट उनीहरुलाई आज विहान डिस्चार्ज गरिएको हो । ८ जना मध्ये ७ जना उदयपुरका र १ जना भारतीय हुन। उनी हरुको सोमबार देखि लगातार तीन पटक गरेको स्वाब परीक्षण रिपोर्टमा बिहीबार नेगेटिभ देखिएपछि उनीहरुलाई शुक्रबार डिस्चार्ज गरिएको हो।

एकजना भारतीय सहित सात जना नेपालीलाई डिस्चार्ज गरिएको विराटनगर कोभिड अस्पतालका चिकित्सक दीपक सिग्देलले जानकारी दिए। उनका अनुसार ५ जना उदयपुरका र विराट नगरका २ जना रहेका छन् । उपचार गर्न आए देखि हालसम्म कसैलाई पनि जटिल खालको उपचार नगरिएको सिग्देलले बताए।

को;रोना मुक्त ७ पुरुषलाई विराटनगरकै रानी मर्कट मदरसामा राख्ने तयारी गरिएको छ भने एक महिलालाई उदयपुरनै पठाउने तयारी गरिएको छ । यस अघि ६ जना भारतीय को;रोना मुक्त भएर डिस्चार्ज भएका थिए । यो सँगै नेपालमा को;रोना संक्रमण पछि निको हुनेको संख्या ३० पुगेको छ । हाल नेपालमा को;रोना संक्रमितको संख्या १०१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्