भारतमा घर फर्किरहेका मजदुरहरुलाई रेलले कि’च्यो, १६ जनाको मृ’त्यु

एजेन्सी, २६ वैशाख । भातरकाे महाराष्ट्रको औरंगावादमा रे’लले कु’ल्चेर १६ जना प्रवासी मजदूरको मृ;त्यु भएको छ । यो घ’टना औरंगावाद नजिकै रहेको करमाड स्टेशनमा भएको हो । सबै मजदूर मध्य प्रदेश गइरहेका थिए । रेल मन्त्रा लयका अनुसार शुक्रबार बिहान केही मजदूरहरु रेलवे ट्र्याकमा सुतिरहेको बेला यो घ’टना भएको थियो ।

रेलवे ट्रयाकमा सुतिरहेका मजदूर माथि रे’ल च’ढेको थियो । रेलका चालकले उनीहरुलाई देखेर रेल रोक्ने प्रयास गरे पनि जो’गाउन सकेनन् । घ’टनाको जाँचका लागि आदेश दिइएको छ । प्रहरीका अनुसार मजदूरहरु जालनाबाट भुसावल गइरहेका थिए । त्यहाँ बाट उनीहरुले रेल चढ्नु पर्ने थियो । मजदूरहरु रेलवे ट्र्याकको छेउ हुँदै हिँडिरहेका थिए । थाकेपछि उनीहरु ट्रयाकमा नै सुत्न पुगेका थिए ।

शुक्रबार बिहान सवा ५ बजे उनीहरुलाई रेलले कु;ल्चेको थियो । रिपोर्टका अनुसार उनीहरु एक स्टिल फ्या’क्ट्रीमा काम गर्थे । लकडाउनका कारण भारतमा रेल यातायात ब’न्द रहे पनि मालवाहक रेल सञ्चालन भइरहेको छ । ती मजदूरले आफू हिँडेको बाटोमा रेल सञ्चालन नहुने ठानेरै लिकलाई सिरानी बनाएर ढुक्कले सुतेको हुन सक्ने स्थानीय बासीको भनाइ छ । प्रधानन्त्रीले घ’टनाप्रति दुःख जताएका छन् । यसबारे उनले रे’लमन्त्री पीयूष गोयलसँग कुराकानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्