सिंहदरबार अगाडि चिनियाँ नागरिक र प्रहरीबीच झ’डप हुँदा डिएसपी घा’इते

काठमाडौं : सिंहदरबार क्षेत्रमा चिनियाँ नागरिक र प्रहरीबीच झ’डप भएको छ। शुक्रबार सिंहदरबार प्रवेश गर्न खोजे पछि प्रहरीले प्र’तिकार गर्दा झ’डप भएको महानगरीय प्रहरी परिसरका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए । ‘केही चिनियाँ नागरिकहरू जम्मा भएर सिंहदरबार प्रवेश गर्न खोजेपछि त्यहाँ झ’डप भयो,’ उनले भने, ‘प्रहरीले बल प्रयोग गरेर उनीहरूलाई निय’न्त्रणमा लिएको छ।’

प्रहरीले चिनियाँ नागरिकलाई प’क्राउ गरी नगर प्रहरी कार्यालयमा राखिएको छ। ‘उनीहरू आफ्नो देश फर्किन चाहन्छन्। धेरै अघि देखि नै उनीहरूले फर्किने प्रयास गरिरहेका छन्’ उनले भने,’राजदूतावास गएर पनि घर पठाइदेऊ भन्ने खालका कुरा गरेका थिए ।’ झ’डपबाट महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी हरि बस्नेत घा’इते भएका छन्। उनको टा’उकोमा चो’ट लागेको छ। उनको नजिकैको मेडिकलबाट उपचार गरिएको छ।

ती चिनियाँ नागरिकका बारेमा राजदूतावासमा छलफल गरेपछि मात्रै थाहा हुने एसएसपी ज्ञवालीले बताए। लकडाउनका कारण नेपालमा रहेका धेरै चिनियाँ नागरिक यतै अ’लपत्र परेका छन् । काठमाडौं स्थित चिनियाँ दूतावासले केहीलाई जहाज चार्टर्ड गरी स्वदेश पठाए पनि केही अझै नेपालमै अड्किएका छन्।

प्रतिक्रिया दिनुहोस्