सुदूरपश्चिमका को’रोना संक्रमित पाँचै जना निको भएर घर फर्किए

काठमाडौं : सुदूरपश्चिमका को;रोना संक्रमित पाँचैजना निको भएर घर फर्किएका छन् । दुई महिला र तीन पुरुष सेती प्रादेशिक अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका हुन। धनगढी उपमहानगरपालिका–५, की ३४ वर्षीया दीपा शाहीलाई शुक्रबार अस्पतालले डिस्चार्ज गरेको छ । शाही उपचारपछि निको भएर सेतीबाट घर फर्कने पाँचौँ संक्रमित हुन् । प्रदेशमा अब को;रोना संक्रमणका बिरामी छैनन् ।

पछिल्लाेपटक लगातार दुईवटा थ्रोट स्वाबको नमुना जाँचमा रिपोर्ट नेगेटिभ आएपछि शाहीलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। शाहीलाई गत २२ चैतमा को;रोना संक्रमण पुष्टि भएको थियो । यसअघि उनमा लगातार ६ पटकसम्म गरिएको नमुना जाँचमा रिपोर्ट पोजेटिभ आएको सेती प्रादेशिक अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर जगदीशप्रसाद जोशीले बताए ।

१ वैशाखयता सुदूरपश्चिममा नयाँ संक्रमित भेटिएका छैनन् । पछिल्लो पटक नयाँ वर्षको पहिलो दिन लम्की चुहा नगरपालिकाकी ६५ वर्षीया महिलामा को;रोना संक्र’मण भेटिएको थियो । उनी वीरगन्जबाट फर्केकी थिइन् । भारतबाट फर्कनेको संख्या ठूलो रहेको र परीक्षण न्यून भएकाले प्रदेशमा को;रोनाको जोखिम भने कम नभएको चिकित्सकले बताएका छन् । भारत र अन्य ठाउँबाट भित्रिएकाहरूमा पनि को;रोना परीक्षण हुन सकेको छैन ।

प्रदेशभर हालसम्म १७ हजार ६ सय १४ जनामा को;रोनाको परीक्षण गरिएको छ । आरएनए किट सकिएपछि प्रदेशमा पिसिआर मेसिनबाट को;रोना परीक्षण दुई दिन देखि बन्द भएको छ । प्रदेशका विभिन्न जिल्लामा संकलन गरी ल्याइएका थ्रोट स्वाबका ५५ वटा नमुना किटको अभावमा परीक्षण हुन नसकेर धनगढीस्थित क्षेत्रीय पशु रोग अन्वेषण प्रयोगशालामा राखिएको छ । नया पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्