असिनापानीले अन्नबालीमा क्ष’ति, भोकमरीको चिन्तामा किसान

दार्चुला, वैशाख २६ : असिना पानीले किसानको अन्नबाली सखाप पारेको छ । असिना पानीले पाक्नै लागेको र पाकिसकेको गहुँ, जौ, तरकारी फलफूल लगायत हिउँदे बाली सखाप पारेको हो । पाक्ने बेला गहुँ नै असिनाले सखाप पारेपछि किसान चिन्तित भएका छन् । डेढ हप्तादेखि दार्चुलामा असिनापानी परिरहेको छ । अहिलेको असिनापानीले अन्नबाली पूरै सखाप परेको नौगाड गाउँपालिका–३ का धनसिंह सितोलीले बताउनुभयो ।

“अन्नबालीसँगै तरकारीमा समेत क्षति पु¥याएको छ । पोलीहाउस बाहिरका सबै तरकारी, फलफूल र अन्नबाली सखाप भयो” उहाँले भन्नुभयो, “एकातिर लकडाउनले खाद्यान्न समस्या भइरहेका बेला असिनापानीले झन् बढी क्षति पुर्‍यायो, लगाएको बाली सबै नोक्सान पुगेपछि भोकमरी हुने अवस्था आएको छ ।” “अहिले दिनहुँ आइरहेको असिनापानीले पाकेको खेतीसमेत भित्र्याउन सकिएको छैन ।

पाकेको गुहँ, जौ पुनः पानीले हरियो देखिन थालेको छ”, अपिहिमालका स्थानीय प्रेमसिंह कार्कीले भन्नुभयो । भित्र्याइएको खेतीसमेत नोक्सानी हुने भएको छ । बुधबार साँझ आएको असिनापानीले सबैभन्दा बढी नौगाड गाउँपालिकामा क्षति गरेको छ । नौगाड गाउँ पालिका वडा नं ३ मा बढी क्षति भएको नौगाड कृषि शाखाले जनाएको छ ।

नौगाड कृषि शाखाको प्रारम्भिक तथ्याङ्क अनुसार कृषि पकेट क्षेत्र रहेको वडा नं ३ र २ का केही क्षेत्रमा एक हजार बढी रोपनीमा क्षति पुगेको छ । असिना पानीले दार्चुलाका अधिकांश भागमा पाक्न लागेको अन्न बालीमा क्षति पुर्‍याएको नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले बताउनुभयो । भित्र्याउने समयमा भएको क्षतिका कारण किसानको सबै मेहेनत खेर गएको उहाँले बताउनुभयो ।

वडा नं २ र ३ मा बढी खेतीबाली नोक्सानी भएको छ । गाउँपालिकाले शुक्रबारसम्म क्षतिको पूर्ण विवरण सङ्कलन गर्ने तयारी गरेको अध्यक्ष धामीले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयले पनि ४८ घण्टाभित्रै क्षतिको विवरण माग गरेको छ । सोही अनुसार गाउँ पालिकाले सबै कर्मचारी परिचालन गरी हरेक बस्ती बाट क्षतिको यकिन विवरण सङ्कलन गरिने अध्यक्ष धामीको भनाइ छ । यस्तै मालिकार्जुन गाउँपालिका–१ न्वालपानी, व्यासको वडा नं २ राप्ला र वडा नं ३ सिना क्षेत्रमा समेत असिनापानीले क्षति पुर्‍याएको जनाइए को छ । योपटक असिनापानी बढी आउँदा किसान निरास भएका छन् ।

गहुँबाली भित्र्याउन समस्या

केही दिनयता मौसममा आएको खराबीका कारण दार्चुलाका किसानलाई गहुँबाली भित्र्याउन समस्या भएको छ।केही सातादेखि लगातार पानी परिरहेकाले जिल्लाका अधिकांश किसानलाई पाकि सकेको अन्नबाली भित्र्याउन समस्या भएको हो । जिल्लाका सबै भूभागमा खेतीपाती भित्र्याउने क्रम चलिरहेको बेला वर्षाका कारण समस्या भएको किसानले बताएका छन् ।

एक हप्तादेखि लगातार पानी पर्ने र बादल लाग्ने गरेकाले आफूहरुले पाकेको गहुँ का’ट्न समस्या भएको अपि हिमालका किसान हरि लोथ्यालले बताउनु भयो । पानीका कारण भित्र्याइएको खेती सुकाउन पाइएको छैन, घरभित्रै सड्ने अवस्थामा पुगेको छ । यो वर्ष बढी पानी परेको कारण गहुँ उत्पादन पनि घटेको छ । यसैबीच दार्चुलाबाट निर्वाचित सङ्घीय सांसद गणेशसिंह ठगुन्नाले दार्चुला जिल्लाका विभिन्न क्षेत्रमा भएको कृषिजन्य क्षतिबारे बिहीबार कृषि तथा पशुपक्षी विकास मन्त्रालयको ध्यानाकर्षण गराउनु भएको छ ।

कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसाललाई असिनापानीका कारण पारेको क्षतिबारे जानकारी गराउँदै राहत तथा क्षतिपूर्तिका लागि व्यवस्थापन गर्न आग्रह गर्नुभएको सांसद ठगुन्नाका स्वकीय सचिव दौलतसिंह ठगुन्नाले जानकारी दिनुभयो। उहाँले खाद्यान्न सङ्क ट समाधानका लागि खाद्यान्न कार्यक्रम सञ्चालन गर्नसमेत आग्रह गर्नुभयो ।

असिनापानीले अन्नबालीमा क्षति

जुम्ला–हिमा गाउँपालिका–२ ओदीमा दिउँसो परेको असिनापानीले अन्नबालीमा क्षति पुगेको छ। किसानले लगाएको स्याउ, लसुन जौ, आरु र ओखरमा क्षति पुगेको वडाध्यक्ष नैनसिंह रोकायाले जानकारी दिनु भयो। “असिनापानीले गर्दा लाखौँको क्षति पुगेको छ, लक डाउनको समयमा अन्नबाली कुरी बसेका किसान निरास भएका छन्”, उहाँले बताउनुभयो ।

घरमा भित्र्याउन लागिएको अन्नबालीमा असिनापानीले क्षति गरेपछि किसान चिन्तित छन् । असिना पानीले वर्षे फलपूmल पूर्ण रूपमा क्षति गरेको छ । स्याउका चिचिला असिनापानीले पूरै झारेको छ । ओदी गाउँमा रहेका २१२ घरधुरीमध्ये प्रत्येक घरमा स्याउ बगैँचा छन् । असिनापानीले यस वर्ष स्याउबाट नसोचेको घाटा हुने अध्यक्ष रोकाया बताउनुभयो । किसानले वर्षभरि गरेको दुःख असिनापानीले नष्ट गरिदिएको छ । –रासस

प्रतिक्रिया दिनुहोस्