सांसद डा.सुरेन्द्र यादवले दिएको जाहेरी प्रहरीमा

काठमाडौं : जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले दिएको अप’हर’ण सम्बन्धी उजुरी जिल्ला सरकारी वकिल कार्यालयबाट प्रहरीमा पुगेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले जाहेरी दर्ता गरेर प्रारम्भिक अनुसन्धान सुरु गरेको छ । गत २२ वैशाखमा जिल्ला सरकारी वकिल कार्यालयले अपहरणको जाहेरी दर्ता गरेको थियो ।

चार दिनपछि शुक्रबार जाहेरी प्रहरीमा पुगेको हो । प्रहरीले लिन नमाने पछि सांसद डा. यादवले सरकारी वकिल कार्यालयमा जाहेरी दिएका थिए । सांसद यादवले नेकपाका सांसदद्वय महेश बस्नेत र कृष्ण कुमार श्रेष्ठ (किसन) तथा पूर्वप्रहरी महा निरीक्षक सर्वेन्द्र खनाल वि’रुद्ध कि’टानी जाहेरी दिएका थिए ।

सरकारी वकिल कार्यालयबाट आएको जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले बताए। स्रोतका अनुसार प्रहरीले घ’टनास्थलको मु’चुल्का समेत संकलन गरेको छ। शुक्रबारनै प्रहरीटोली होटेल म्यारियट पुगेर मु’चुल्का बनाएको हो । आजको नया पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्