एजेन्सी, २६ वैशाख । दक्षिण कोरियाका क्लव र बारहरू फेरि आगामी एक महिना सम्मका लागि ब’न्द गर्ने घोषणा गरिएको छ । दक्षिण कोरियाको सरकारले शुक्रबार आगामी एक महिना सम्मका लागि क्लव र बा’रहरु ब’न्द गर्ने घोषणा गरेको हो । को;रोना भाइरसको सङ्क्रमण फैलिएर पनि नियन्त्रण गर्न सफल भएको दक्षिण कोरियामा पुनः सङ्क्रमितहरु देखिन थालेपछि सतर्कता बढाउन थालिएको जनाइएको छ ।
स्थानीय समय अनुसार बेलुका ८ बजेदेखि एक महिनाका लागि ती व्यापारिक प्रतिष्ठानहरु आफै बन्द गर्न आग्रह गरिएको योन्हप समाचार संस्थाले दक्षिण कोरियाली अधिकारीहरूलाई उद्धृत गरी जानकारी गराएको छ। सरकारले अन्य क्षेत्रमा पनि थप कडाई गर्न र आवतजावत गर्नेहरुको लगत राख्ने योजना पनि बनाएको बताएको छ ।
दक्षिण कोरियामा कोरोना भाइरसको सङ्क्रमण पहिले नियन्त्रणमा राख्न सकिएको समाचारहरू आएका थिए तर फेरि नयाँ सङ्क्रमितहरु देखिन थालेकोले रात्रिक्लब तथा बारहरूलाई ब’न्द गर्ने घोषणा सरकारले गरेको हो। स्वास्थ्य अधिकारीहरुका अनुसार हालै २९ वर्षीय एक व्यक्तिमा को;रोना सङ्क्रमणको पुष्टि भएको छ । ती व्यक्ति विभिन्न क्लवहरुमा गएर फर्केपछि सङ्क्रमण भएको पाइएको छ ।
कोरियाको रोग नियन्त्रण तथा न्यूनि’करण केन्द्रले शुक्रबार १४ जना नयाँ सङ्क्रमित भेटिएको जानकारी दिएको छ । सङ्क्रमित भएका मध्ये तीन जना विदेशी नागरिक र एक जना सैनिक रहेको केन्द्रले जनाएको छ । विरामी सवै १९ देखि ३७ वर्ष सम्मका रहेको अधिकारीहरुको भनाइ छ । न्युज २४ नेपालबाट साभार
प्रतिक्रिया दिनुहोस्