हास्यपद सोधपुछले दिक्क टेकूका स्टाफ

काठमाडौं । ‘लकडाउनले पसल खुलेको छैन । रिचार्ज कार्ड हालिदिनूस् न ।’ ‘को;रोनाबाट बच्न सेनिटाइजर नै किन लगाउनुपर्ने रु त्यसको सट्टा रक्सी खाए पनि हुँदैन ?’ टेकूस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महा शाखाको टोल फ्री नं. १११५ मा हिजोआज कर्मचारी यस्तै हास्यास्पद प्रश्न झेल्न बाध्य छन् ।

को;रोना भाइरस को’भिड–१९० बारे परामर्श तथा जानकारी दिन सञ्चालन गरिएको निःशुल्क फोनमा यस्ता ठट्यौला फोन कलबाट कर्मचारी दिक्क छन। बन्दाबन्दीको बेला पहिले भन्दा फोन गर्नेको सङ्ख्या निकै बढेको भए पनि नचाहिँदो टेलिफोन कलले कर्मचारी लाई दुःख दिने गरेको महाशाखाका जनस्वास्थ्य अधिकृत अच्युत रेग्मीले बताए ।

इपिडिमियो लोजी तथा रोग नियन्त्रण महा शाखाका जनस्वास्थ्य अधिकृत अच्युत रेग्मीले ब्लफ कल र मिस कलले कर्मचारी है’रान भएका छन् । साँच्चि कै आपत् परेर वा जानकारी र परामर्श आवश्यक भएर फोन गर्नेको सङ्ख्या न्यू’न छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । उहाँका अनुसार अधिकांश टेलिफोन कल गलत उद्देश्यले गर्ने गरिएको छ ।

टेलिफोनमा बोल्न नजान्ने बालबालिकालाई बोल्न लगाउने जस्ता काम नागरिकबाट भएको उहाँको भनाइ छ । उहाँले फोन गरेर साना बालबालिकालाई बोल्न दिइन्छ। त्यस्ता फोन कलको उद्देश्य के हो भन्ने नै थाहा हुँदैन । फोन गरेर चुपचाप बसेर होल्डमा राख्छन् । यस्ता कलले हाम्रो समयको बर्बादी मात्र हुन्छ भन्नुभयो । कतिपयले भने कर्मचारीलाई तनाव दिनसमेत फोन गर्ने गरेका छन् ।

अधिकृत रेग्मीका अनुसार किशोर तथा युवाले समूहमा बसेर ह’टलाइनमा फोन गरी महिला कर्मचारीलाई दुव्र्य’वहार गरेका छन् । उहाँले हामीसँग टेलिफोन उठाउने महिला कर्मचारी पनि छन् । महिलाको स्वर सुनेप छि ‘केटी बोलिराछे सुन’ भन्दै समूहमा बसेर कुरा गर्ने पनि छन् भन्नुभयो । यस्ता नियतले फोन गर्नेको को;रोना सङ्क्रमण बारे भने कुनै जानकारी वा परामर्श लिन खोज्दैनन् ।

प्रतिक्रिया दिनुहोस्