नेपालमा थप ७ जनामा को’रोना संक्रमण पुष्टि

काठमाडौं, वैशाख २७ गते । पछिल्लो को;रोना परीक्षणमा सात जनामा कोराना पोजिटिभ पाइएको छ । जसअ नुसार कुल संक्रमित संख्या १०९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उदयपुरको भुल्केका तीन, कपिलवस्तुका तीन र पर्सा का एक जना गरि सात जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

केन्द्रीय प्रयोगशाला टेकु तथा कोशी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा उदयपुरको भुल्केका १८, ४५ र ६५ वर्षका तीन महिला, कपिलवस्तु निवासी १७ वर्षका एक र १८ वर्षका दुईगरी तीन पुरुष तथा पर्सा छप्कैयाका ६२ वर्षका पुरुषमा संक्रमण पाइएकाे मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

हाल सम्म प्राप्त विवरण अनुसार संक्रमित सबैकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा आइसकेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनु भयो । नेपालमा हाल सम्म १५ हजार ४९९ जनाकाे पीसीआर टेस्ट गरिएकाेमा १०९ जनामा काे;राेना संक्रमण देखिएकाे हाे । संक्रमित मध्ये ३० जना भने निकाे भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्