प्रहरी र स्थानीयवासी बीच झ’डप, एक राउण्ड हवाई फा’यर

चितवन, वैशाख २७ गते । पूर्वी चितवनको राप्ती नगरपालिका–५ चौकीडाँडामा गए राति प्रहरीले एक राउण्ड ह’वाईफायर गरेको छ । राप्ती नगरपालिका–१२ बाट ३४ केजी गाँजा बरामद गरेर ल्याउँदै गर्दा स्थानीय वासीले अ’वरोध गरेपछि हवाई फा’यर गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार प्राप्त गोप्य सूचनाका आधारमा गाँजा बरामद गरी ल्याउने क्रममा चौकीडाँडामा जम्मा भइ बसेका स्थानीयवासी र प्रहरीबीच झड’प भएको थियो ।

झ’डपका क्रममा प्रहरीले प्रयोग गरेको रत्ननगर नगरपालिकाको बा१२च २७१ र इलाका प्रहरी कार्यालय भण्डाराको बा१झ ७४६५ नंको गाडी तो’डफोड भएपछि प्रहरीले हवाईफायर गरेको कार्यालयका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिनुभयो । सो क्रममा दुवै गाडीमा क्ष’ति पुगेको छ । प्रहरीलाई अ’वरोध गरेको भन्दै चार जनालाई प’क्राउ गरेको छ ।

प’क्राउ पर्नेमा स्थानीयवासी २४ वर्षीय रञ्जित वाइवा, २० वर्षीय सुमन वाइवा, २२ वर्षीय सञ्चरास घलान र ३५ वर्षीय धनबहादुर घलान रहेका छन् । झडपको क्रममा तीन प्रहरी समेत घा’इते भएका छन्। घा’इते हुनेमा प्रहरी जवान अवधेस प्रसाद यादव, लुकेश जर्घा र सुजन बराइली रहेको प्रहरीले जनाएको छ । यादवको अवस्था मध्यम भए पनि अन्य दुई जनाको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । घटना शुक्रबार राति ९ः३० बजे भएको हो । रासस

प्रतिक्रिया दिनुहोस्