भोकभोकै रहेका मजुदुरलाई अन्जु पन्तले खुवाइन् खाना

२७ बैशाख, काठमाडौं : विश्व भरि महामारीको रुपमा फैलिएको को;रोना भाईरस (को’भिड-19) को प्रभाब नेपालमा पनि परेको छ । को;रोना भाईरस फैलिन नदिन करिव डेढ महिनादेखी नेपालमा लकडाउन जारि छ। लामो समय लक डाउन भएको कारण गरिब, बिपन्न, मजदुर बर्गलाई समस्या परिरहेको छ ।

अझ दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउनेहरुलाई हातमुख जोड्न गाह्रो परिरहेको अवस्था छ । यस्तो कठिन परिस्थितिमा धेरै संघ संस्था तथा व्यक्तिहरुले विभिन्न स्थानमा खाना खुवाइरहेका छन् । केही कलाकारहरु पनि यस कार्यमा जुटिरहेका छन् । ‘अन्जु पन्त फाउण्डेसन’को तर्फबाट भोक भोकै परेकाहरुको लागि खाना वितरण गरिएको छ ।

गायिका अन्जु पन्तले पनि काठमाडौँ उपत्यका भित्र बौद्ध, जोर पाटी, बीर अस्पताल, नख्खु दोबाटो, फर्सीडोल ललितपुर लगायतका विभिन्न १२ स्थानमा विहिवार र शुक्रबार खाना वितरण गरेकी छिन् । यो कठिन परिस्थितीमा सहयोग गर्न पाउँदा आफू निकै खुसी भएको अन्जु बताउँछिन् । अन्जुको हातबाट खाना खान पाउँदा मजदुरहरु पनि खुसी देखिन्थे

प्रतिक्रिया दिनुहोस्