पर्साको को’रोना संक्रमति किराना पसलका संचालक

वीरगञ्ज, वैशाख २७ : पर्साका ६२ वर्षीय पुरुष किराना पसल सन्चालक रहेको खुलेको छ । को;रोना पुष्टि भएलगत्तै उनलाई नारायणी को’भिड अस्पतालको आइसोलेसनमा राखिएको छ । उनी यसअघि भेटिएका संक्रमित परिवारका सदस्य को सम्पर्कमा रहेको बताएको छ ।

छपकैयामा यसअघि एकै परिवारका १८ जनामा को;रोना संक्रमण देखिएको थियो । नयाँ संक्रमितको सोही टोलमा किराना पसल थियो । कन्ट्याक्ट ट्रेसिङको क्रममा उनको पनि बिहीबार थ्रोट स्वाबको नमुना संकलन गरिएको थियो। शनिबार बिहान उनमा को;रोना पोजेटिभ देखिएको छ ।

उनी यसअघिको संक्र’मित परिवारको ६६ वर्षीय पुरुषको स’म्पर्कमा रहेको तथ्य खुलेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् । उनको दुईवटा परिवारमा २० जना सदस्य छन् । संक्रमित पुरुष किराना पसलका संचालक भए काले अन्य धेरैमा कोरोना सरेको हुन सक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्