६५ वर्षीय वृद्ध भन्छन्- ‘ भत्ता पाएँ, अब खिर र मासु खान्छु’ (भिडियो सहित)

बर्दिबास : ‘आठ हजार वृद्ध भत्ता पाएँ । पसलमा गएर चामल, दूध, चिनी, मासु र नुनभुटन किनेर घर जान्छु’, दाउरा बिक्री गरेर जीवन चलाउने ६५ वर्षीय इख बहादुर दर्नालले भने, ‘खिर र मासु भात खाने मन छ ।’ लकडाउनमा समाजिक सुरक्षा भत्ता पाएर महोत्तरीको बर्दिबास नगरपालिका-३ का ६५ वर्षीय इखबहादुर दर्नाल खुसीले दंग परेका छन् ।

उनी भन्छन्,‘महिना दिनदेखि खिर र मासुभात खाने बाटो हेरिबसेको थिएँ । हातमा पैसै थिएन ।’ उनलाई लकडाउनमा दाउरो बिक्री नभएपछि नुनरोटी पनि खान धौंधौं थियो । लक डाउनको मरमा परेका उनलाई हातमुख जोड्नै कठिन थियो । समाजिक सुरक्षा भत्ता पाएपछि छाँक टार्न सहज भएको बताउँछन् । उनी जंलगमा दाउरा संकलन गरेर बजारमा बिक्री गरी जीवन चलाउँदै आएका थिए ।

लकडाउनले बर्दिबासका होटलहरु बन्द भएपछि दाउरा बिक्री भएन र बिहान बेलुका खाना खान समस्या पर्न थाल्यो । ‘एक गरिव मान्छे , त्यसमाथि बन्द छ । कमाइ गरेर खान सकिँदैन, बाटोमा पुलिसले हिँड्नै दिँदैन,’ दर्नालले भने, ‘के गरी गरिव बाँच्छ । खेतिपाती छैन, जागिर छैन । बन्दीमा सरकारले घरै आएर भत्ता दियो । वृद्धा भत्ता खुवाएर राम्रो काम गर्नु भयो ।’ भिडीयो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्