भाेलिबाट खुल्ने कार्यलय बारे मन्त्रिपरिषद् कार्यालयकाे स्पष्टाेक्ति

काठमाडौं, वैशाख २७ गते। आइतबारदेखि सरकारी कार्यालय खुल्ने कुरामा कुनै सत्यता नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले स्पष्ट पारेको छ। कार्यालयका अनुसार अत्यावश्यकीय सेवा प्रदान गर्ने सरकारी तथा सार्वजनिक संस्थान हरुमा आवश्यक कर्मचारीमात्र कार्यालय आउने यस अघिको व्यवस्था यथावत छ ।

केही सञ्चारमाध्यमले गलत समाचार प्रकाशन गरेका कारण कर्मचारी वर्गमा अन्यौल बढेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार वैशाख २४ गतेको मन्त्रि परिषद्को निणर्यानुसार बैंक वित्तीय संस्था, विमा, सहकारी तथा धितोपत्रसँग सम्बन्धित सार्वजनिक कार्यालयहरु भने आंशिक सञ्चालनमा आउनेछन् ।

ती कार्यालयले पनि आम सेवाग्राही आउने गरी नभई आन्तरिक र प्रकृयागत कार्यसञ्चालनका लागि कार्यालय प्रमुखले आवश्यकता अनुसार निश्चित तहका न्यूनतम कर्मचारी मात्र कार्यालयमा बोलाउन सक्ने व्यवस्था गरिएको हो।यस अनुसार कर्मचारी सञ्चय कोष, नाग रिक लगानी कोष, राष्ट्रिय विमा कम्पनीजस्ता कार्यालय भने आंशिक सञ्चालनमा आउनेछन् ।

“अवस्था हेरेर कार्यालको आवश्यकता अनुसार निश्चित स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरेर मात्र काम सञ्चालन गर्ने हो तर सेवाग्राही बोलाउने गरी ती कार्यालय सञ्चालन हुने होइनन्,” पौडेलले भन्नुभयो । सरकारले कोरोना जोखिमका कारण जारी गरेको बन्दाबन्दी जेठ ५ गते सम्मका लागि घोषणा गरेको छ । यस अनुसार अत्यावश्यक सेवा बाहेकका कर्मचारीहरुलाई आवश्यक पर्दा कार्यालय आउन सक्ने गरी घरमै बस्ने गरी विदा दिने निर्णय गरेको थियो । गोरखापत्रबाट साभार

प्रतिक्रिया दिनुहोस्