लकडाउनमा हास्यकलाकार मदन कृष्णको रमाइलो र फुर्तिलो नाच (भिडियो सहित)

काठमाडौं – नेपालमा चर्चामा आइरहने वरिष्ठ हास्यकलाकार हुन् मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य । महजोडी नामले पनि चिनिएका मदन र हरिवंशको जोडीलाई धेरैले रुचाउने गर्छन् । दर्शकलाई हसाउने मात्र होइन यी दुई एक अर्कामा पनि निकै रमाइलो पनि गर्छन् ।

सानैदेखि उनमा कलाप्रति अभिरुचि थियो। जनचेतना जगाउने काममा मदन कृष्णको अभूतपूर्व योगदान छ । को;रोनाको रोकथामको लागि गरिएको लकडाउनका कारण पछिल्लो समय मदन र हरिवंश घरमै बसिरहेका छन् । लक डाउनको समयमा शरिरमा फिट राख्न दुवैले नियमित व्यायम पनि गरिरहेका छन् ।

यस्तै शनिवार हरिवंश आचार्यले सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो शेयर गरेका छन् । भिडियोमा मदन कृष्ण मज्जाले फुर्तिलोका साथ नाचेका छन् । हरिवंशले फेस बुकमा उक्त भिडियो शेयर गर्दै लेखेका छन् – ‘ मदन दाईको निक्कै राम्रो , रमाइलो र फुर्तिलो नाच ।’ भिडीयो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्