हेलिकप्टर मार्फत सुत्केरी महिलाकाेउद्धार

अछाम : अछाम जिल्लाको रामारोशन गाउँपालिका ६ भटाकाटीयाकी एक जना सु’त्केरी महिलाको हेलिकप्टर मार्फत उ’द्धार गरिएको छ । सु’त्केरी भएको २५ दिनपछि स्वास्थ्यमा समस्या देखिए पछि रामारोशन गाँउपालिका भाटाकाटियाकी २४ वर्षीया देउमा साउदको उ’द्धार गरिएको हो ।

वडाको भटाकाटिया स्वास्थ्य चौकीमा २५ दिन पहिले सु’त्केरी हुनुभ एकी साउदको पेट दुख्न थालेपछि उहाँई बयालपाटा अस्पताल ल्याइएको थियो । बयालपाटा अस्पतालमा जाँच गर्दा उहाँकाे पेटमा र’गत जमेको देखिएपछि थप उपचारका लागि उहाँलाई हेलिकप्टर मार्फत कोहलपुर रेफर गरिएको न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर विकास गौचनले बताउनुभयो ।

२५ दिन पहिले सु’त्केरी हुनुभएकी साउदलाई शनिबारमात्रै बयालपाटा अस्पताल ल्याइएको थियो । गाउँपालिकाका अध्यक्ष झकरबहादुर साउदको पहल तथा अछामका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलेको समन्वयमा राष्ट्रपति सुत्केरी उद्धार कार्यक्रम अर्न्तगत सुत्केरी महिलाको अछामबाट कोहलपुर हेलिकप्टर मार्फत उद्धार गरिएकाे बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्