यस्तो छ भारतले निर्माण गरेको वि’वादित सडक (तस्बिर सहित)

काठमाडौं:भारतको पिथौरागढ जिल्लाको गर्वाधारबाट शुरु भई नेपालको कालापानी लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने गरी भारतले निर्माण गरेको विवादित कुल ७८ किलोमिटर लामो सो सडक नेपालको कालापानी, लिपुलेक र नावीढांग क्षेत्रमा पर्छ । यसबारे नेपाल सरकारले आफ्नो दूतावास मार्फत भारत सरकारबाट आधिकारिक विवरण खोजिरहेको छ ।

नेपाली भूमि लिपुलेकमा नेपालसँग कुनै सल्लाह नै नगरी चीनको तिब्बत स्थित मानसरोवर जाने सडक मार्ग खोलेर भारतले आफ्नो वि’स्तार वादी र हेपाहा प्रवृत्ति पुनः उदाङ्गो बनाएको हो । भारत सरकारका रक्षामन्त्री सिहंले भिडियो कन्फ्रेन्सबाट शुक्रबार गर्बाधार–कालापानी जोड्ने सडकको उद्घाटन गरेका थिए।

यसको विरोधमा प्रदर्शनहरु हुन थालेपछि परराष्ट्र मन्त्रालयले एक विज्ञप्तिजारी गर्दै भनेको छ, “भारतले नेपाली भूमि लिपुलेकमा सडक निर्माण गरेर शुक्रबार उद्घाटन गरेको कुरा थाहा पाउँदा दुःख लागेको छ ।” नेपालले सन् १८१६ कै सुगौली सन्धि अनुसार गति विधि गरिरहेकोले एकलौटीरुपमा उक्त क्षेत्रमा कुनै गतिविधि नगर्न परराष्ट्र आग्रह गरेको छ । हेरौ निर्माण गरेको वि’वादित सडक तस्वीर:नरेन्द्रसिह कार्की/रासस

प्रतिक्रिया दिनुहोस्