लिपुलेक वि’वाद : आफ्नै भूमिमा सडक निर्माण गरेको भारतको प्रतिक्रिया

काठमाडौं। भारतले धार्चुला- लिपुलेक सडक आफ्नै भूमिमा बनाएको दाबी गरेको छ। भारतको विदेश मन्त्रालयका प्रवक्ताले अहिले साँझ जारी गरेको प्रेस वक्तव्यमा उक्त सडक भारतीय भूमिमै बनाइएको दाबी गरिएको छ। नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै सडक निर्माण गर्ने भारतीय पक्षको कदमप्रति आपत्ति जनाएको थियो ।

आफूले त्यस मामिलामा नेपालको परराष्ट्र मन्त्रालयको विज्ञप्ति देखेको उल्लेख गर्दै भारतले भनेको छ- ‘हालै उद्घाटन गरिएको सडक भारतको उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लामा बनाइएको हो,जो पूरै भारतको भूमिमा पर्छ।’ उक्त सकडक तर्थयात्रीहरू मान सरोवरको यात्रा गर्दा हिँड्ने गरेको बाटोमै आधारित भएको पनि भारतले दाबी गरेको छ।

तीर्थयात्री, स्थानीय वासी र व्यापारीको सजिलोको लागि अहिले सडक बनाइएको भारतको दाबी छ । सीमा मामिला हल गर्नका लागि भारत र नेपालले संयन्त्र बनाएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ- ‘नेपालसँगको सीमा नक्शांकन कार्य भइरहेको छ । भारत नेपालसँगको सीमा विवाद कूटनीतिक माध्यमद्वारा हल गर्न प्रतिबद्ध छ। दुवै पक्ष परराष्ट्र सचिवस्तरीय वार्ताका लागि पनि प्रकियामा छौं। को’भिड-१९ सँगको लडाईंमा सफलता पाएपछि त्यो वार्ता पनि हुनेछ।’

प्रतिक्रिया दिनुहोस्