नेपाल भ्रमणमा रहेकी बेल्जियमकी राजकुमारी अष्ट्रिडलाई भरतपुरमा यसरी गरियो भव्य स्वागत !

चितवन । नेपाल भ्रमणमा रहेकी बेल्जियमकी राजकुमारी अष्ट्रिडलाई बुधबार बिहान भरतपुर महानगरले भरतपुर एयरपोर्टमा भव्य स्वागत गरेको छ । भरतपुर महानगर पालिकाकी मेयर रेनु दाहाल र उपमेयर पार्वती शाह ठकुरीले विमानसम्म पुगेर राजकुमारी अष्ट्रिडलाई पुष्पगुच्छाले स्वागत गरेका हुन् ।अष्ट्रिडको स्वागतका लागि चितवनका प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि, भरतपुर महानगरका कर्मचारी, सञ्चारकर्मी लगायत भरतपुर विमानस्थलमा जम्मा भएका थिए

राज कुमारी अष्ट्रिडको स्वागतमा एयरपोर्ट परिसरमा नौमती बाजा टोलीले सांगीतिक वातावरण सिर्जना गरेको थियो । विमानबाट ओर्लेर भी आईपी कक्षतिर आउँदा बाटोमा राज कुमारी अष्ट्रिडले स्वागत गर्न बसेकाहरुबाट पुष्पगुच्छा लिएकी थिइन् । भीआईपी कक्षबाट बाहिरिएपछि एयरपोर्ट परिसरमा राजकुमारी अष्ट्रिडले नौमती टोलीले बाजा बजाएको केहीबेर अवलोकन समेत गरिन्। एय रपोर्टबाट राजकुमारी अष्ट्रिड कावासोती जिल्ला अस्पताल उद्घाटनका लागि नवलपुरतर्फ प्रस्थान गरिन् ।

भरतपुर महानगर पालिकाकी मेयर रेनु दाहालले राजकुमारी अष्ट्रिडलाई भरतपुरमा स्वागत गर्न पाउँदा आफूहरुलाई खुसी लागेको प्रतिक्रिया दिइन् । राज कुमारी अष्ट्रिड बुधबार साँझ मेघौली पुगेर त्यहाँस्थित मेघौली ताज सेराई होटलमा बास बस्ने छिन् । बिहीबार र शुक्रबार राजकुमारी अष्ट्रिडले चितवन राष्ट्रिय निकुञ्ज अवलोकन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

यो पनि, वाग्मतीमा दोस्रो आयाम शैक्षिक मेला हुँदै : दक्षिण ललितपुरको वाग्मती गाउँपालिका–२ माल्टामा रहेको कालीदेवी माध्यमिक विद्यालयमा दोस्रो आयाम शैक्षिक मेला हुने भएको छ । गाउँपालिकाको एकल आयोजनामा यही माघ १८ गते विद्यालयस्तरीय विज्ञान, प्रविधि र कला प्रदर्शनी मेला हुन लागेको हो । सो मेलामा बालबालिकाले कक्षामा सिकेका र आफैँले सिर्जना गरेका कुरालाई व्यवहारमा उतार्न पाउने तथा अन्य विद्यालयका बालबालिकासँग सहकार्य बढाउने वातावरण सिर्जना हुने काली देवीका प्रधानाध्यापक कुमार चौँलागाईंले जानकारी दिए ।

उनले भने, “माघ १७ गते सहभागी अन्य विद्यालयका विद्यार्थी र शिक्षक आउने कार्यक्रम रहेको छ भने माघ १८ गते बृहत मेला हुने छ। यस गाउँपालिकामा रहेका कूल ४७ सामुदायिक विद्यालयमध्ये मेलामा छ आधारभूत र १० माध्यमिक तहका गरी १६ विद्यालय का बालबालिकाले भाग लिने छन् ।” गाउँपालिका गठन भएपश्चात यहाँको शैक्षिक सुधार गर्ने ध्येयका साथ हरेक वर्ष मेला आयोजना गर्दै आएको गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले जानकारी दिए । उनले भने, “यस मेलामा विद्यालय व्यवस्थापन समितिका अध्यक्षलगायत केही शिक्षकलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ ।

गाउँपालिकाले यस मेलालाई बृहत बनाउन र सम्मानका लागि छ लाख रकम विनियोजन गरेको लोप्चनले जानकारी दिए । सो मेलामा ६० बढी प्रदर्शनीकक्ष रहने र एउटा विद्यालयको विद्यार्थीले ३ देखि ४ कक्षा राख्न पाउने छन् । कालीदेवीका ४०० विद्यार्थी र अन्य सहभागी विद्यालयका २०० विद्यार्थी, शिक्षक, अभिभावक गरी मेलामा करीब एक हजार मानिस उपस्थित रहने यस गाउँपालिकाका प्रेस सल्लाहकार दीपक घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्