माइतीघरमा नारा : सरकार ! सीमा मिचियो कि बेचियो, थाहा चाहियो ?

काठमाडौँ : लकडानउनका बिच पनि लिपुलेक–कालापानी क्षेत्रमा भारतले सडक बनाएको वि’रोधमा युवा–विद्यार्थीले प्रदर्शन गरे। माइतीघरमा युवा–विद्यार्थीहरुले शनिबार दिउँसो भारतले नेपाली भूमि मि’चेका तथा नेपाल सरकार त्यसप्रति मौन रहेको वि’रोधमा प्र’दर्शन गरेका हुन् । लकडाउन र सरकारको वि’रोध गरेका उनीहरुलाई प्रहरीले केही बेरमै प’क्राउ गरेको थियो।

उनीहरुले ‘सरकार…सीमा मिचियो ! कि बेचियो थाहा चाहियो’ सहितका नारा लेखिएका कालो ब्यानर बोकेका थिए। प्रहरीले प्रदर्शनकारीलाई तितरवितर पार्न खोजे पनि उनीहरुले प्रदर्शन गरे । ‘सरकार… सीमा मिचियो ! कि बेचियो थाहा चाहियो’ भन्ने नारा लेखि एका का’लो ब्यानर बोकेर उनीहरुले प्रदर्शन गरेका थिए। ‘नेपाल सरकार सीमा जोड, भारत सरकार सी’मा छोड’ भन्ने का’लोपट्टि बाँधेका थिए।

प्रदर्शनमा उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै नारा लगाएका थिए। भारतले शुक्रबार मात्रै नेपाली पक्षसँग सल्लाह नै नगरी भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको छ। नेपा लले उक्त भूभाग आफ्नो रहेको र त्यसलाई त्रिदेसिय विन्दु बनाउन सक्नेसम्मको लचकता देखाउँदासमेत भारतले एकतर्फी रूपमा यस्तो सडक निर्माण गरेको हो।

प्रतिक्रिया दिनुहोस्