दैलेखमा दुई राउण्ड हवाई फा’यर, दुई जना घा’इते

रासस : दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ मा स्थानीयवासीले डु’ङ्गामुढा प्र’हार गरेपछि प्रहरीले ज’वाफी का’रवाहीमा दुई रा’उण्ड हवाई ‘फायर गरेको छ। ढु’ङ्गामुढा सहित प्रहरी र स्थानीय वासी बीच शनिबार साँझ करिब ७ बजेतिर झ’डप हुँदा एक प्रहरी जवान खगेन्द्र सुनार र स्थानीय कमल शाही घा’इते भएको प्रहरीले जनाएको छ।

सालटाकुरा नाव–साल्टाडाँडा सडक निर्माणका क्रममा लक डाउनको उ’ल्लङ्घन गरी ५०-६० स्थानीयवासी जम्मा भएको जानकारी पाएपछि प्रहरी सो ठाउँमा पुगेको थियो । प्रहरी पुगेपछि एक्कासी प्रहरीमाथि स्थानीयवासी द्वारा आ’क्र’मण भएपछि बाध्य भएर भी’ड नि’यन्त्रणमा लिन जवाफी का’रवाहीमा दुई रा’उण्ड हवाई फा’यर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख हरिबहादुर ओलीले जानकारी दिए।

‘लकडाउन उल्ल’ङ्घन गरी सडक खन्ने क्रममा वि’वाद भएको जानकारी पछि बोलाइएको प्रहरीमाथि आ’क्र’मण हुँदा सो घट’ना भएको हो’, नगरपालिकाका उपप्रमुख तारा शाहीले भने। उनका अनुसार प्रहरीको बर्दीसमेत च्यातिएको भन्ने खबर आएको छ। शनि बार दिउँसो मात्रै सहमतिका आधारमा सडक खन्ने भनेर काम गर्न आग्रह गरिएको थियो।

उपप्रमुख शाहीले आफूहरु दिउँसो त्यहीँ बसेको र मान्छेहरुको भी’डभाड पनि धेरै भएकाले आफूहरुले प्रहरीलाई त्यहाँ पठाएको बताए। उनले त्यो घ’टनाका बारेमा सबै बसेर, सल्लाह गरेर नियम कानून अनुसार अघि बढ्ने पनि बताए। अहिले घ’टनास्थलमा थप सुरक्षा बल दुल्लूबाट पठाइएको र स्थिति सामान्य भएको प्रहरीले बताएको छ।

घटनाको थप अनुसन्धान हुने र आवश्यक छान बिन गरी का’रवाही अघि बढाइने दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए । प्रदेश सरकारको २० लाख रुपैयाँ र नगर पालिकाको पाँच लाख रुपैयाँ साझेदारी सहित २५ लाख रूपैयाँ रकममा उपभोक्ता समिति मार्फत उक्त सडक निर्माण कार्य भइरहेको थियो।

प्रतिक्रिया दिनुहोस्