सिक्किमको सीमामा भारत र चीनका सैनिक बीच झ’डप, केही घा’इते

एजेन्सी : भारत र चीनका सैनिकबीच झ’डप भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार उत्तरी सिक्किमकाे नाकु ला क्षेत्रस्थित दुई देशीय सीमाना खटिएका २ देशका सैनिक बीच झ’डप भएकाे हाे । झ’डपमा ७ चिनियाँ सहित ४ भारतीय सैनिक घा’इते भएका छन् ।

अहिले भने वार्ताबाटै वि’वाद समाधान भइसकेकाे र स्थिति सामान्य रहेकाे अधिकारीहरुले बताएका छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार शनिबार उत्तरी सिक्किमको नाकु ला क्षेत्रमा दुई देशका सैनिक झ’डप भएको हो। ‘झडपमा परी चार भारतीय र सात चिनियाँ सैनिक घा’इते भएको हिन्दुस्तान टाइम्सले जनाएको छ। झ’डपमा दुबै पक्षका १५० सैनिक सं’लग्न भएको बताइएको छ।

एक सैनिक अधिकारीले वि’वादलाई स्थानीय स्तरमै वार्ता गरेर टुंग्याइएको बताएका छन्। यसबारे भारत र चीनले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन्। सीमामा दुई देशका सैनिकहरू बीच झ’डप भएको यो पहिलो पटक भने होइन। तीन वर्ष अघि दोक्लममा दुई देशका सैनिक आमने सामने भएका थिए। चीन, भुटान र भारतको सीमामा पर्ने दोक्लम क्षेत्रमा चीनले बाटो बनाएपछि भारतले रो’क्न खोजेको थियो।

प्रतिक्रिया दिनुहोस्