भारतले कालापानीबाट सेना फिर्ता लैजानैपर्छ : भीम रावल

काठमाडौं: सत्तारुढ नेकपाका नेता भीम रावलले नेपाली भूमि भारतले अ’तिक्र’मण गरेको प्रति नेपाली जनताको तर्फबाट निन्दा र भर्त्सना भएको बताएका छन। प्रतिनिधी सभाको आजको बैठकमा बोल्दै उनले उक्त घटना अन्तर्राष्ट्रिय कानुन वि’रुद्ध, असल छिमेकीको नीति वि’रुद्ध र आजको सभ्य समाजको वि’रुद्ध भएको टिप्पणी गरेका छन्।

उनले भारतबाट गरिएका त्यस्ता कार्य तुरुन्त ब’न्द हुनुपर्ने र भारतीय सेना फिर्ता हुनुपर्ने माग गरेका छन्। रावलले नेपाली भूमि बाट भारतीय सेना फिर्ता गर्न नेपाल सरकारले के गरि रहेको छ ? भन्दै प्रश्न गरेका छन् । उनले भने, ‘भारतले आफ्नो भूमि नभएको ठाउँमा नक्सा प्रकाशन गर्ने अनि नेपालको आफ्नो भूमि राखेर नेपालको नक्सा प्रकाशित गर्न नेपाल सरकारलाई के गाह्रो भइरको छ ?

त्यो गाह्रो यहाँ आओस्, यो सम्मानित संसदले त्यो गाह्रो फुकाउन अग्रसरता लिन्छ भन्ने मलाई विस्वास छ।’ नेपालको दार्चुला जिल्लामा पर्ने गुन्जीबाट लिपुलेक जोडिने क्षेत्र भारतले अ’तिक्र’मण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि नयाँबाटो खुला एको हो । भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्स मार्फत उक्त सडकको शुक्रबार उद्घाटन गरेपछि सञ्चार माध्यमले सार्वजनिक गरेका हुन्। सार्वजनिक भएसँगै भारतको चर्को आ’लोचना भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्