सिन्धुलीमा फेला पर्‍यो हजारको नक्कली नोट

काठमाडौं : सिन्धुलीमा नेपाली हजार रुपैयाँको नक्कली नोट भेटिएको छ । त्यहाँको कमलामाई नगरपालिकामा एक किराना स्टोर्समा आइतबार नक्कली नोट भेटिएको हो । तर, त्यो नोट त्यहाँ कसरी आइ पुग्यो भन्ने आफूलाई थाहा नभएको किराना स्टोर्सका सन्चालकले जानकारी दिएका छन् ।

पसलमा सामान खरिद गर्न आएको अर्को मान्छेलाई दिन खोज्दा नोटलाई नियालेर हेर्दा नोट नक्कली भएको थाहा उनले बताए । जिल्लाको कमलामाई नगरपालिका ५ मधुटारस्थित रायमाझी किराना स्टोर्समा आइतबार ख ५३–६५३८२१ नम्बर नक्कली नोट फेला परे को हो । सक्कली झै देखिने नक्कली नोट आकार र रङ उस्तै देखिएपनी उक्त नोटमा टाँसिएको टल्किने वस्तु साधा रहेको छ ।

नोटमा कामु गभर्नरमा हस्ताक्षर मिलेको देखिदैन, गभर्नर लेखिएको ठाउँ टल्कने बस्तुले छोपिएको छ। उक्त नक्कली नोट हेर्दा धेरै पुरानो देखिएपनि सगरमाथाको फोटो प्रष्ट देखिने तर आकृति भने धमिलो देखिएको छ। रायमाझी किराना स्टोर्समा नक्कली नोट भेटि एपछि प्रहरीले अवैध कारोबारीको खोजी सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्