थप दुई जना काे’राेना संक्रमित निकाे भए

विराटनगर। विराटनगरको कोशी अस्पताल को’भिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका थप दुईजना आईतबार डिस्चार्ज भएका छन। को;रोना मुक्त भएका झापा र भोजपुरका एक–एक जना डिस्चार्ज भएका हुन् । भोजपुरका २७ वर्षीय युवक १० वैशाखमा अस्पताल भर्ना भएका थिए । साउदी अरबबाट आएको ४१ दिनपछि युवकमा को;रोना देखिएको थियो ।

झापा दमकका ६३ वर्षीय वृद्धलाई १२ वैशाखमा कोरोना देखिएपछि को’भिड–१९ उपचार केन्द्रमा भर्ना गरिएको थियो । संक्रमित वृद्धका छोरा बैदेशिक रोजगारीबाट फर्किएका थिए । उनीहरू दुवैको रिपोर्ट आइतबार नेगेटिभ आएको हो । ‘उहाँहरूको रिपोर्ट नेगे टिभ आएपछि डिस्चार्ज गरेको कोशी अस्पताल को’भिड–१९ उपचार केन्द्रका प्रमुख डाक्टर दीपक सिग्देलले बताए ।

‘आइतबार दुईजना डिस्चार्ज भएसँगै कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट डिस्चार्ज हुनेको संख्या १६ पुगेको छ । बुधबार ६ र शुक्रबार ८ जना डिस्चार्ज भएका थिए । १६ जना डिस्चार्ज भएपनि अस्पतालमा चार जना बिरामी थपिएका छन् । डा. सिग्देल का अनुसार उदयपुरमा संक्रमण देखिएका चार महिला अस्पताल भर्ना भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्